नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २१–हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको पिपचाहीस्थित बालबिकास प्राथमिक विद्यालयमा यसै शैक्षिक–सत्रबाट लोपोन्मुख तिलुङ भाषाको पठन–पाठन सुरु गरिएको छ । लोपोन्मुख भाषाको संरक्षण गर्न उक्त विद्यालयको कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठन–पाठन सुरु गरिएको हो ।
नगरप्रमुख विमला राईका अनुसार तिलुङ भाषाको पठन–पाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो । चालु शैक्षिक–सत्रबाटै च्यास्मिटारकै पिपलटार आधारभूत विद्यालयमा पनि उक्त भाषामा पढाइने राईको भनाई छ । उक्त पिपलटार आधारभूत विद्यालयमा भने पाठ्यपुस्तक पु¥याउ“न बा“की छ । उक्त क्षेत्र लोपोन्मुख तिलुङ भाषीको बाहुल्यता रहेको ठाउ“ हो ।
तिलुङ भाषामा कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकेको नगरप्रमुख राईले बताइन् । राईमध्ये कम जनसंख्या भएको र भाषा पनि लोपोन्मुख अवस्थामा भएकाले तिलुङ भाषाको पठन–पाठन सुरु गरिएको नगरप्रमुख राईले बताइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–शिक्षा व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्लास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३—अदालतक�... ... ...
दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटह�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित