‘स्कुल जाने रहर थियो, तर जानै पाइएन’

  • प्रकाशित मितिः मंसिर १४, २०७५
  • 976 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, मङ्सिर १४–‘इकुल जाने मन छ ।’ तोतेबोलीमा तीन वर्षीय रेसमले भने–‘तर जान दिदैन ।’ यो भनाइ खोटाङ कारागारमा आमासंग रहेका हलेसी तुवाचुङ नगरपालिका राजापानीका रेसम राईको हो । 
कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेकी परिमाया“ राईले आफूसंगै नाबालक रेसमलाई लिएर आएकी हुन् । २०६७ असार २८ गते उदयपुर जिल्ला अदालतले दश वर्ष जेल सजाय फैसला गरेपछि उनी पक्राउ परेका हुन् । आमासंगै कारागारमा रहेका रेसमलाई स्कुल जाने रहर हु“दा हु“दै जान पाएका छैनन् । आमा परिमाया“का अनुसार स्कुल जान रहर गरे पनि जेलमा पठाउ“ने व्यवस्था नहुदा रेसमको इच्छा पूरा गर्न नसकेको बताइन् ।  
त्यस्तै बराहापोखरी गाउ“पालिका मौवाबोटेका पा“च वर्षीय मौसम राई पनि स्कुल जाने रहर हु“दा–हु“दै आमासंग कारागारमै छन् । नाताले जेठाजु पर्ने स्थानीय दीलबहादुर राईको हत्या गरेको अभियोगमा २०७१ माघ २ गते पक्राउ परेकी आमा प्रमिलाको साथमा मौसम आएका हुन् । प्रमिलालाई जिल्ला अदालत खोटाङले २०७१ माघ २९ गते बीस वर्ष जेल सजाय सुनाएको छ । 
मौसमकी आमा प्रमिलाले छोराको पढाइप्रति चिन्ता व्यक्त गरेकी छन् । उनले छोरालाई स्कुल पठाउ“न पाए खुसी हुने बताइन् । मौसमले आमासंग जेलमा बसिरहनु पर्दा बेखुसी लागेको बताए । ‘स्कुल गएर पढ्ने मन छ ।’ मौसमले भने–‘यहा“ त कोही साथीहरु पनि छैन ।’ उनले थपे–‘साथीहरुसंग खेल्दै पढ्न पाए रमाइलो हुन्थ्यो होला ।’ 
त्यसो त प्रमिलाको मन उसै पनि बेचैन रहेछ । आफू ज्यान केसमा थुनिएपछि श्रीमानले वर्ष नपुग्दै अर्की विहे गरेका रहेछन् । आफू जेलमा हु“दै बहुविवाहमा मुद्दा दिएपछि उनका श्रीमान एक वर्ष जेल सजाय भोगेर निस्किएका रहेछन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित