खोटेहाङले ५५ करोड बढीको बजेट सार्वजनिक ग¥यो

  • प्रकाशित मितिः असार ११, २०७९
  • 516 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११–खोटेहाङ गाउँपालिकाले ५५ करोड ४३ लाख बढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गते ११ औं गाउँसभामा ५५ करोड ४३ लाख ९३ हजार एक सय २० रुपैयाँको बजेट पारित गरेको हो ।
कुल बजेटमध्ये सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान बाहेकको २१ करोड ७० लाख ८० हजार एक सय २० रुपैयाँ मध्येबाट नेपाल सरकार राजस्व बाँडफाँडको नौ करोड २७ लाख २३ हजार प्रशासनिक चालुतर्फ छुट्याउँदा बाँकी रहेको १२ करोड ४३ लाख ६५ हजार एक सय २० रुपैयाँको परिधिमा रहेर बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
प्रशासनिक चालुतर्फको बजेट छुट्याएर बाँकी रहेको रकमको ५० प्रतिशत रकमलाई शतप्रतिशत मानेर त्यसको ५० प्रतिशत रकम बराबरको छ करोड २१ लाख ८२ हजार ५६० रुपैयाँ वडालाई विनियोजन गरिएको छ । गाउँपालिकाका ९ वडालाई ४५ प्रतिशत भुगोलको आधारमा, ४५ प्रतिशत जनसंख्याको आधारमा र १० प्रतिशत राजस्व क्षमताको आधारमा बजेट दिइएको छ ।
गाउँसभाले रसुवा–पान्धारे सडक सञ्चालनका लागि १ करोड १० लाख, अध्यक्ष÷उपाध्यक्ष रोजगार–विकास योजना अन्तर्गत ६० लाख, आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि विकास तथा पशु सेवा योजना शिर्षकमा ५० लाख, गाउँपालिका प्रहरी सेवा सुरुवातका लागि वजेट विनियोजन गरिएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले वार्षिक नीति तथा कार्यक्रम, उपाध्यक्ष रुपेश राईले आर्थिक वर्ष २०७८÷७९ को प्रगती विवरण तथा आर्थिक वर्ष २०७९÷८० को वजेट तथा कार्यक्रम र विनियोजन विधेयक, वडाध्यक्ष धनबहादुर महाराजी खड्काले आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।
गाउँपालिकामा नेपाल सरकारबाट १० करोड ८० लाख वित्तीय समानिकरण अनुदान, ९ करोड २७ लाख २३ हजार राजस्व बाँडफाँड, २८ करोड एक लाख सशर्त अनुदान, १ करोड ७० लाख समपुरक अनुदान र दुई करोड विशेष अनुदान गरी ५२ करोड २८ लाख २३ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट ५७ लाख ५५ हजार वित्तीय समानीकरण, ५१ लाख १० हजार १२० सवारी कर बाँडफाँड, ५२ लाख ५ हजार सशर्त अनुदान र १ करोड समपुरक अनुदान गरी २ करोड ६० लाख ७० हजार १२० रुपैयाँ प्राप्न हुने अनुमान छ । गाउँपालिकाको कुल आन्तरिक राजस्व अनुमान ५५ लाख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित