पर्यटनको लय समात्दै बराहाताल
- प्रकाशित मितिः मंसिर ११, २०७५
- 2300 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर ११–जिल्लाको दक्षिणी क्षेत्र बराहापोखरीको धार्मिक तथा पर्यटकीय बराहातालले पर्यटनको लय समातेको छ । यहा“ आउने तीर्थालुको घुइचो लाग्न थालेको छ ।
सरकारले देशका एक सय गन्तव्यमध्ये बराहाताल पनि परेकाले यसले थप गन्तव्यको केन्द्रविन्दु बनेको छ । यहा“ वर्षमा एक चोटी हरिबोधनी एकादशीको अवसरमा ठूलो मेला लाग्छ । मेलाको बेला डुङ्गा शयरमा मात्र ६० हजार रकम सङ्कलन भएको छ ।
यो तालमा डुबुल्की मार्नेहरुको घुइचो नै लाग्छ । विशेष गरी धामी झाक्री तथा युवायुवतीहरुको ओइरो लाग्छ । यहा“को बसाहामाइ र शङ्खेश्वरीको पूजाआराधना गरे चिताएको पूरा हुने विश्वासमा तीर्थालुको ओइरो लाग्ने गरेको छ ।
जीवनमा शान्ति, समृद्धि र मनोकांक्षा पूरा होस् भनेर जोडी परेवा उडाउ“ने चलन छ । युवा–युवतीले एक–आपसको प्रेस र मनोकांक्षा पूरा होस् भनेर जोडी परेवा उडाउ“ने गर्दछन् । मुक्तआकाशमा उडेको परेवाझै“ शान्तिपूर्वक जिउन सकिने विश्वासमा युवा–युवतीले परेवा उडाउने गरेका छन् ।
यो तालमा नुहाए रोग पखालीका साथै पाप पखालिने विश्वास गरिन्छ । यसले पनि यो तालमा घुइचो बढेको हो । यो तालमा रातो माछा पाइन्छ । यो पनि आकर्षणको एउटा विन्दु बनेको छ । तालमा ढुङ्गा शयर गर्न पाइने भएकाले युवायुवतीको रोजाइको विन्दु बनेको छ । युवा–युवातीको जोडीले जिन्दगीको बारेमा परिकल्पना गर्दै डुङ्गा शयर गरे चिताएको पूरा हुने पूजारी गोपाल गिरीको भनाई छ ।
यद्यपि यो तालको छेउमा बजर भएकाले यसलाई पन्छाउ“नमा ध्यान दिएको पाइदैन । संरक्षण समितिले पहल गरे पनि नसकेको अध्यक्ष देवीप्रसाद रेग्मीले बताए । यो वर्ष बगर पन्छाएर तालको आकार बढाइने रेग्मीले सुनाए ।
प्रतिनिधिसभा विशाल भट्टराईले यो वर्षबाट राष्ट्रिय योजना पारिने बताएका छन् । यसले बराहातालको विकासमा ठूलो परिवर्तन हुने भट्टराईले बताए । ‘सरकारले देशका सय वटा पर्यटन गन्तव्यमध्ये बराहा पनि परेको छ ।’ भट्टराईले भने–‘सरकारको ठूला योजना पर्ने भएकाले बराहामा देखिने गरी विकास हुन्छ ।’ उनले थपे–‘जिल्लाको मात्र होइन यो मुलुककै गन्तव्यको केन्द्र विन्दु बनिने छ ।
त्यसो त ताल आसपासको जग्गा भने स्थानीयले अतिक्रमण गरेका छन् । यसबारे चासो नदिदा बराहातालको भविष्य संकटमा परेको स्थानीयको गुनासो छ । यसप्रति स्थानीय तथा केन्द्रिय सरकारको चासो जान जरुरी छ ।