नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११ –रावाबेसी गाउँपालिकाले ३८ करोड बढीको बजेट सार्वजनिक गरेको छ । असार १० गते भएको ११ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङले ३९ लाख दुई हजार २३ रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
आर्थिक वर्ष २०७९÷०८० का लागि विभिन्न विषयगत शाखाका लागि प्राप्त संघीय सशर्त अनुदान चालु कार्यक्रमतर्फ १५ करोड २७ लाख र संघीय सशर्त अनुदान पूँजीगततर्फ २ करोड ३७ लाख विनियोजन गरिएको छ ।
प्रदेश सरकार सशर्त अनुदानतर्फ ६९ लाख २४ हजार, गाउँपालिका तथा संघीय सरकारसँगको समपूरक अनुदानबाट नुनथला–कुभिन्डे सडक स्तरोन्नतिमा एक करोड ५० लाख, उक्त सडककै लागि प्रदेश सरकारसँगको समपूरक अनुदानबाट ७८ लाख र प्रदेश सरकारकै समपूरक अनुदानबाट बिजुले–चिउरीबासदेखि भञ्ज्याङ जुकेखोला सडक स्तरोन्नतिमा ५२ लाख विनियोजन गरिएको प्रस्तुत गरिएको छ ।
संघीय सरकार विशेष अनुदानबाट विश्वज्योती मावि लामीडाडाँको होस्टेल निर्माणका लागि एक करोड ७० लाख, संघीय सरकार, प्रदेश सरकार र अन्य विभिन्न विकास साझेदार संस्थासँगको साझेदारी कार्यक्रमका लागि एक करोड ५० लाख विनियोजन गरिएको छ ।
वडागत पूँजीगत योजनाका लागि एक करोड ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर बाँडफाँड र आन्तरिक राजस्वबाट बेहोर्ने गरी चालु तथा चालु प्रकृतिका खर्चतर्फ सात करोड ५३ लाख ४३ हजार, उक्त रकममध्ये चालु खर्चमा पदाधिकारी सेवा सुविधा, कर्मचारी तलव भत्ता लगायत कार्यालयको प्रशासनिक खर्च र सबै वडाको चालु खर्चमा छ करोड ५३ लाख ४३ हजार र चालु प्रकृतिका विभिन्न कार्यक्रममा एक करोड खर्च सार्वजनिक गरिएको छ ।
गाउ“पालिका अध्यक्ष फटिककुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ४५ वर्षमाथिका बिधुर पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने, कृषि क्षेत्रमा एक घर एक करेसाबारी, पूर्णअपाङ्ग, अतिअशक्त, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र प्रसुति हुन लागेका गर्भवतीलाई निःशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराउने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे खोटाङ, चैत ६–प्रभु बैंक दिक्तेल शाखा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १–जिल्ला अस... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २८–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित