हलेसी तुवाचुङ नगरपालिकाले ६४ करोड ५८ लाख २७ हजार चार सय ५० रुपैया“को बजेट ग¥यो

  • प्रकाशित मितिः असार 11, 2079
  • 244 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११–हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि अनुमानित ६४ करोड बढीको बजेट प्रस्तुत गरेको छ । असार ९ गते ११ औं नगरसभामा ६४ करोड ५८ लाख २७ हजार चार सय ५० रुपैया“को बजेट प्रस्तुत गरिएको हो ।
कुल बजेटमध्ये सशर्त अनुदान, समपुरक अनुदान र बिशेष अनुदानका लागि विनियोजन गरेर बा“की रहेको १८ करोडको परिधिमा रही विकास बजेट तय गरेको हो ।
१८ करोडमध्येबाट पूँजीगततर्फ १३ करोड ५० लाख र चालुतर्फ ४ करोड ५० लाख विनियोजन गरिएको छ । प्रशासनिक खर्चतर्फ कुल बजेटको २५ प्रतिशत, पूर्वाधार विकास समितितर्फ कुल बजेटको ३७.१ प्रतिशत, सामाजिक विकासतर्फ कुल बजेटको २१.७७ प्रतिशत, आर्थिक विकासतर्फ कुल बजेटको ९.९० प्रतिशत, वन, वातावरण, विपद, फोहोरमैला व्यवस्थापनतर्फ कुल बजेटको १.१७ प्रतिशत र सामाजिक सेवा तथा सुशासनतर्फ कुल बजेटको ४.८ प्रतिशत बजेट बिनियोजन गरिएको उपप्रमुख रमेश राउतले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाले वडालाई विगतको तुलनामा १० प्रतिशतका दरले बजेट बढाएर बिनियोजन गरेको छ ।
नगरपालिकाले खेतीयोय जमिन बा“झो राख्ने प्रवृतिलाई निरुत्साहीत गर्ने, वाली तथा पशु विमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बा“झो जमिनमा कागती, आ“प, लिची, सुन्तला, कफी, ड्रागन फुड, गहत, बदाम लगायतका नगदेबाली खेती गर्ने लगायतका कार्यक्रम प्रस्तुत गरिएको छ ।
स्थानीय उत्पादन ढाका, खा“डी जस्ता महत्वपूर्ण उत्पादन नगर आगन्तुकलाई प्रदान गर्न, माया“को चिनो÷कोशेलीको रुपमा विक्री÷वितरणको व्यवस्था मिलाई प्रर्वद्धन गर्ने, नगरभित्रका उच्च शिक्षा (डाक्टर, इन्जिनियर र पाइलट) अध्ययन गर्न चाहने विपन्न, जेहेन्दार तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थापन गर्ने, सुविधा सम्पन्न नगर अस्पाल निर्माण गरी स्वास्थ्य विमा कार्यक्रम लागू गर्ने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित