दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत ग¥यो

  • प्रकाशित मितिः असार ११, २०७९
  • 521 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १० गते आठौं नगरसभा मार्फत नगरपालिकाले ८६ करोड ३ लाख ७७ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको हो । उपप्रमुख विशन राईले चालुतर्फ अनुमानित ६१ करोड ३९ लाख ३६ हजार र पूँजीगततर्फ २४ करोड ६४ लाख ४१ हजार बजेट प्रस्तुत गरेका हुन् ।
संघीय सशर्त अन्तरगत चालुतर्फ ४१ करोड ६१ लाख र पूँजीगततर्फ ४ करोड ९७ लाख, संघीय विशेष अनुदानबाट सञ्चालित आयोजनाका लागि १ करोड ८५ लाख विनियोजन गरिएको छ ।
संघीय समपुरकबाट सञ्चालित योजनाका लागि ४० लाख, प्रदेश समपूरकबाट सञ्चालित आयोजनाका लागि एक करोड, प्रदेश सशर्त अन्तरगत चालुतर्फ ३३ लाख २३ हजार र पूँजीगततर्फ ६६ लाख ९३ हजार विनियोजन गरिएको छ । संघीय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधीन र निर्माण हुने योजनाका लागि एक करोड ४४ लाख ८६ हजार विनियोजन गरिएको छ ।
नगरको प्रशासनिक खर्चतर्फ १३ करोड ७५ हजार, कार्यक्रम सञ्चालन खर्च ३ करोड २४ लाख, वडागत पूँजीगत योजनाका लागि ४ करोड ७५ लाख ५० हजार, वडागत चालु खर्चतर्फ १ करोड ४६ लाख र क्रमागत ठूला आयोजनाका लागि तीन करोड ८ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित