नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २८–
तलतल सिमसारैमा एहोइ हलहलेको साग छ स्यामुना
किरे होला कस्सम होला एहोइ तिम्रै माया लाग्छ स्यामुना...
दिक्तेलको माटिकोरे खेल मैदानमा जेठ २८ गते आयोजित साकेला सिली प्रदर्शनीमा गाइएको गीत हो यो । ढोल, झ्याम्टाको तालमा युवायुवती, बालबालिका तथा बुढापाकाले समेत साकेला सिली नाचेका हुन् ।
किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले संयुक्त रुपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा जिल्लाभरका १३ समूहले भाग लिएको किरात राई यायोक्खा खोटाङका सचिव युगशन किरातले बताए । योसंगै यो वर्षका लागि उभौली साकेला सिली समापन भएको छ ।
किरातीहरुले बैशाखे पूर्णीमामा उभौली र मङ्सिरे पूर्णीमा उधौली गरी वर्षमा दुई पटक यो सिली नाच्ने गरिन्छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली भनेको किराती बुढापाकाहरुको भनाई छ । उभौलीमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ ।
उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णीमाको दिनदेखि उधौली मनाउने गरिन्छ ।
उभौली–उधौली जातीय सद्भाव, सहअस्तित्व कायम राख्ने समृद्ध संस्कृतिको रुपमा विकास भइसकेको किरात बताउ“छन् । ‘साकेला किराती संस्कृतिको मात्र होइन सबै जात जातिको साझा भइसकेको छ ।’ किरातले भने–‘जातीय सद्भाव, सहअस्तित्व कायम राख्ने समृद्ध संस्कृति बनिसकेको छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित