वीपी र सत्य

  • प्रकाशित मितिः मंसिर 10, 2075
  • 768 पटक पढिएको
  • संवादताता

केशवराज कार्की-

'सत्यको आदर्शलाई भुलेर क्षणिक स्वार्थन्धनामा चारतारे झण्डाको खोलभित्र बोधीबृक्ष पिपलको रुखमुनि ओत बस्ने गफ छा“ट्दै हिड्दाको पाखण्डपन अरु के हुन सक्ला ?'

नेपाली लोकतान्त्रिक व्यव्स्थाका प्रबर्तक वीपी कोइरालालाई आर्दश नामक मानेर आज हामी आम लोकतन्त्रवादी  हिमायतिहरुले गम्भिर भएर सोच्नु पर्ने भएको छ । वीपीमा कुन आदर्श, मर्यादा, विचार र सत्य थियो र हामी सोही मन्त्रणा जप्दा–जप्दै कहा“ पुग्यौं । वीपी विचार, आर्दश, मर्यादा र सत्यका नाममा भइरहेका हाम्रा व्यवहार कति यथार्थ परक वा झुट र छलकपटपूर्ण छन् । हामी जवरजस्त वा वाध्यतालाई वडोपुरुषार्थ ठान्दै विचार र आदर्शले संगठित छौं भन्ने दम्भ पाल्छौ र गोलमटोल रुपमा आम प्रचारित अभ्यासभित्र खोज्दा मर्यादा, विश्वास र भाइचराको अभाव देख्दा अलमलिछौं । आज हामी वि.पी.को नाम बेचेर जे–जस्ता कृत्यमा आत्मरति गरिरहेछौं र स्वयम असुहाउ“दो र अन्तरगत अनुभूत गरिरहेछौं वास्तवमा यदि परिस्थितिमा वीपी स्वयम उपस्थित हुदा हुन त हामीलाई कति चडकन चिउरा दिदा हुन् गाला तात्ने गरी र उल्लु ढा“ट मोरा हो भनेर कति रिसाउ“दा हुन, दुखित हुदा हुन् ।
आज हामी बीचमा सत्यप्रतिको निष्ठा पूरै हराएको छ । कोही कतै सत्यको खोजीमा भौतारिदो हो त पूरै हा“सोमा उडाउने संस्कृतिको निर्माण हुदैछ । हामी हाम्रा हरेक व्यवहार, सिद्घान्त र आदर्शको चुरो सत्य हो भनेर हिडन थाल्दा शंका र वीरत्वले हैरान हुन थाल्छौं सत्परो सगरमाथा चढने हो, त्यसलाई सिरोधार्य गरेर हिडने हो भन्दा वीपीको ‘विचार’ तेस्र्याएर त्यसैको उछिनो काटिन्छ । हामी सत्यका मान्यतामा लागौं, सत्यका लागि लाग्नेहरुलाई घुमाऔं मन्दिर परिसरमा, सार्वजनिक स्थानमा, गाउ“ टोलमा, शहरबजारमा र जताततै त्यसै होइन बोकेर, एक पटक होइन सात पटक जहा“ सत्य छ, त्यहा“ हामी हुनु पर्छ हामी हुनु पर्छ सत्यका लागि आपद गर्ने सत्यसंग डराउ“ने समाज, व्यवहार वा सिद्घन्तसंग हाम्रो कुनै साइनो सम्बन्ध हुन सक्तैन । हामी सत्य हौं भविष्य सत्यमै गतिवान हुनेछ । र हामी सत्यकै लागि वा“च्ने हो । सत्य छाडनुको पिडा तमाम् हामी सबैले खेप्न र भोग्न थालिसकेका छौं । संसारमा आजको दिनमा भएको मानव संख्या विगतमा कहिल्यै थिएन र मानिस यत्तिको एक्लो पनि कहिल्यै भएको थिएन । आज कुनै दुई जना व्यक्ति बीचमा समेत एकता, विश्वास र आत्मीयता छैन । स्वार्थ व्यभिचार र अहङ्कारका कारण हाम्रो आदर्श, चिन्तन र सिद्घान्त उदेक लाग्दो हा“सो लाग्दो अपत्याारिलो विष्मयकारी हुन्छ । अपत्यार विष्मयमा पनि हामी रमाइरहेका छौं त्यो झन अर्को गदेक हो । बिना सत्यको धरातलमा यहा“भन्दा अरु के नै पो पाइन्छ र ?
आज जनाताका नाममा राष्ट्रियतारा बहनामा, समृद्घिको आवरणमा वीपीलाई आदर्श गुरु मानेर गरिएका, भनिएका व्यवहार, चिन्तन र उद्देश्यलाई इमान्दार पूर्वक आत्मसमीक्षा गरेर सत्यप्रतिको सत्य भएर नसोच्ने हो भने हाम्रा जान अन्जान कर्मको परिणामले हामीलाई रसातल भसाउने छ । सत्यका खिलाफमा स्वार्थन्धताले पु¥याएको क्षतिलाई आत्मसात् गरी सचेत नहुने हो भने सर्वनास बाहेक केही रहदैन । सत्य नै सर्वव्यापक छ । सत्यबाट नै तथ्य प्राप्त हुन्छ । सत्य बाहेकको संसार कल्पना मात्र गर्न सकिन्छ, देख्न पाउन सकिदैन । 
वीपीले एक प्रसङ्गमा भन्नु भएको छ ‘सत्यको मुल्य निकै मह¨ो हुन्छ ।’ वीपी बाल्यकालमा आफ्ना मातृका लगायत भाइहरु र साथीहरु साथ एउटा बगैंचामा बालसुलभ रमाइला गफगाफ र खेलवाडमा रमाइरहनु भएको थियो यसै लहडिदै वहा“का पिता कृष्णप्रसाद कोइराला नजिकै आइपुग्दा वीपी लगायत ती बाल समूहमा हा“सोको उमङ्ग छरियो पिताजीले एक्कासी हा“सोको फोहराप्रति ध्यान दिदै ती बाल समूहप्रति लक्षित भई किन हा“सेको ह“ ? भनेर प्रश्न गर्नु भयो एक्कासी पिताजीलाई सम्मुख देखेर वीपीका मातृका लगायत भाइहरु र साथी समेत भागदौड गरे वीपी भने पिताजी अगाडि खडा रहे । तिमीहरु किन हा“सेका भनी पुनः पिता कृष्णप्रसाद कोइरालाले सोध्नु भयो वीपी अति इमान्दार र सत्यप्रति निष्ठावान हुनु भएकोले आफ्ना पिताजीलाई ढा“टने कुर्रै भएन र वीपीले फलाना (कुनै साथी)ले यसो (अश्लिल् कुरा) भन्यो र हामी हा“सेका भन्नु भयो यस्तो भन्दा हा“स्नु पर्छ भनेर पिताजीले वीपीको देबे्र गालामा यस्तो चड्कन हान्नु भयो कि वीपीले पूरै ब्रम्हाण्ड घुमेको अनुभव गर्नु भयो प्रस¨ संक्षेपमा यति हो । वीपीले सोच्नु भयो बाबालाई छलेर भाग्नेहरु बा“चे, म भने सत्यवादी भएर सत्यको पक्षधार हु“दा यो इनाम पाए“ । वहा“ले सोच्नु भयो कि सत्यको मुल्य निकै महङ्गो हु“दो रहेछ ।
आज वीपीवादको कुरा गर्ने, विचार बुझने र आदर्श ओढ्ने कतिपय सोघोषित अनुयायीहरुले पिताजीको अगाडी सत्य छोपेर भाग्ने मातृका लगायत ती साथीभाइको छलछामवादीलाई अ¨िकार गर्दै स्वार्थको सरल मार्ग राजेको हो जस्तो लाग्न थालेको छ पुरानो र जिम्मेवार लोकतान्त्रिक पार्टीले आज अ¨िकार गरेको विचार, सिद्घान्त र आदर्शलाई वीपीले प्रतिपादन गरेको भन्नसम्म छाडिएको छैन, तर गायत्रीमन्त्र जप्नु पर्ने परम्परा झेलेर कर्तव्य विस्मृतिको शिकार भई अनधविश्वासको अन्धकारमा रुमलिने संस्कृति पे्रमीझै अज्ञान र आडम्वरले आफ्नो कठिनाई र विनासमा कुनै अनुभूति विना रमाएका रोमाञ्चकारी तस्विरले दुनिया“ चकित बनाउ“न सिवाय अरु केहि देखिदैन । राजनीति राष्ट्रप्रेम समाज सेवाको भावनाले पूर्णतः अभिप्रेरित हुनु पर्दछ । ‘झुक्याएर मार्नु महापाप हो’भन्ने उक्तिलाई किञ्चित हेक्का नराखी सारा दुनिया“को सुविचार र सद्भावलाई हरमौसम धोकाघडी छलप्रपञ्चको राजनीति मार्फत सम्पूर्ण मानव सभ्यतालाई भडखालामा हाल्ने कुविचारको दुष्कार्यबाट इहलोक–परलोकमा प्राप्त हुने कौरव नरक भोग वाहेक के प्राप्ती हुने हो र । आफू र आफ्ना पुस्ता लगायत आगामी पुस्ताको भविष्यप्रति बेहोस् हुनुको अन्धोपनले स्वयमको समाप्ती वाहेक के नै हुन्छ र ? पितापुर्खा, बाबुवाजे वा हाम्रा अग्रजहरुले स्थापित मुल्य मान्यताको हकदार हुन तीनै योग्य छन जस्ले उनीहरुको भावना आदर्श र मान्यताको कदर गर्दछन् । 
आज वीपीको दुहाई दिइहिड्ने हामी तमाम् लोकतन्त्रका हिमायतिहरुसंग त्यो आदर्श, विचार, भावना, मान्यता अनुशासन र सत्य छ कि छैन भनेर आत्ममुल्याङ्कन गर्न नसक्नु ठूलो कमजोरी हो हाम्रा अक्षमता, स्वार्थन्धता, अहङ्कार र असमझदारीले हाम्रै आड भरोसा खोज्ने निश्पाप, निर्दोश र इमान्दार जनता तथा आगन्तुक पुस्ताप्रति धोका हुने कार्य कुनै हालतमा सह्य हुदैन, अनि यो हाम्रो असफलता र कमजोरीप्रति खुला दिलले अझ यसरी बुझनु राम्रो होला कि हामीप्रति अबका पुस्ताको दृष्टिकोण कस्तो हुने ?
हामी लोकतन्त्रवादीहरु मात्र नारालाई ओठेमन्त्रणा र छलकपटको अस्त्र सम्झेर राजनीति गर्छौ भने प्रतिस्पर्धाको मैदानमा पाप्त उपलब्धि चा“हि कस्तो होला सत्यको आदर्शलाई भुलेर क्षणिक स्वार्थन्धनामा चारतारे झण्डाको खोलभित्र बोधीबृक्ष पिपलको रुखमुनि ओत बस्ने गफ छा“ट्दै हिड्दाको पाखण्डपन अरु के हुन सक्ला । चर्को मुल्य चुकाउ“न अल्छी लाग्ने तमाम हामी कोही छौ भने ढा“ट्को विजनेस छाडी दिन बेस हो । देशले खोजेको समृद्धि र स्वाभिमान प्राप्त गर्ने एउटै मात्र मार्ग छ, त्यो हो सत्यमार्ग अनि सत्य बाहेकका भ्रम र छलकपटहरु मित्थ्या हुन, सपना हुन, लोभपाप हुन र नबुझिने अचम्म हुन् । हाम्रो दायित्व वीपीका अनुयायी र समाजसेवाको भावनाले देशप्रेम गर्नु हो भने वीपी र सत्यलाई एकीकृत रुपमा बुझेर अनुरुप जीवन शैली र व्यवहार नै हो ।
(लेखक कांग्रेस महासमिति सदस्य हुन्)
२०७५ मङ्सिर १०

प्रतिक्रिया दिनुहोस


Copyright © 2020 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित