सांसदले बजेट बाडे

  • प्रकाशित मितिः मंसिर ४, २०७५
  • 1308 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, मङ्सिर ४–प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बा“डेका छन् । भट्टराईले चार करोडको बजेट तथा कार्यक्रम स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बा“डेका हुन् ।
भट्टराईले प्रस्तुत गरेको कार्यक्रम अनुसार केपिलासगढी गाउ“पालिकाको सुक्रबारे–पत्कुरु मैयु सडकमा १५ लाख, सुङ्देल–सालपा पर्यटन सडक १५ लाख, ऐसेलु्खर्क गाउ“पालिकाको जलेश्वरी–देम्लीटार सडक ३० लाख, रावाबेसी गाउ“पालिकाको निगाले–जौबारी–नुनथला चौकी सडक २० लाख रुपैया“ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाको रेग्मीटार–भ“डारेबेसी–हलेसी सडक ५० लाख, माल्खु–चुरीवन–शायखु–ताराखसे सडक १३ लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महुरेगढी बहुप्राविधिक शिक्षालय भवन पूर्वाधार निर्माण २० लाख, छिप्तीबेसीटोल–दिखुवाखोला सडक १७ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै मनमाया“ राई खानीडा“डा विमानस्थल–भुलभुले ढकालबेसी सडक २० लाख, काहुले चिउरीडा“डा–लामदुवाली सडक २० लाख र पुरानो बैंक चौक–पोखरी सिढी निर्माण १० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी साकेला गाउ“पालिकाको साकेला मावि कृषि बाली विज्ञानका लागि भवन निर्माण ५० लाख, टेम्के–कर्मादोर्जे निर्माणाधीन गुम्बा निर्माण र सडक निर्माण २० लाख, दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको कोल्ड स्टोर निर्माण १० लाख, याम्खा–काहुले–स्यालगौडे छितापोखरी सडक २० लाख बजेट छुट्टयाइएको भट्टराईले सुनाए । उनका अनुसार खोटेहाङ गाउ“पालिकाको इन्द्रेणीपोखरी पर्यटन क्षेत्र विकास २० लाख, गारेखोला खानेपानी आयोजना लिच्किराम्चे १० लाख बजेट छुट्टयाइएको छ । जन्तेढुङ्गा गाउ“पालिकाको चुम्लुङ–खाप्तिङ–रभुवा सडक २० लाख, बराहापोखरी गाउ“पालिकाको रम्दु–फोक्सिङटार सडक १० लाख र सुन्तले–साकुमा भन्ज्याङ सडक १० लाख बजेट विनियोजन गरिएको भट्टराईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित