जन्तेढुङ्गा गाउ“पालिका अध्यक्षमा माओवादीकी अरुणादेवी राई विजयी

  • प्रकाशित मितिः जेठ १, २०७९
  • 647 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १–जन्तेढुङ्गा गाउ“पालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल विजयी भएको छ । अध्यक्षमा माओवादीकी अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका हुन् ।
राईले दुई हजार आठ सय ८१ मत र खड्काले दुई हजार आठ सय १२ ल्याएर विजयी भएका हुन् । अध्यक्षको निकटतम् प्रतिद्वन्दी एमालेका शंखरबहादुर राईको दुई हजार पा“च सय ७५ मत ल्याएका छन् भने उपाध्यक्षको निकटतम् प्रतिद्वन्दी विमला राईले विमला राईको दुई हजार चार सय ९५ मत ल्याएकी छन् ।
उक्त पालिकाको वडा नं १ देविस्थानको वडाध्यक्षमा माओवादी केन्द्रका केदारमान राई, वडा नं २ बोपुङको वडाअध्यक्षमा माओवादी केन्द्रकै मस्तबहादुर राई, वडा नं ३ काहुलेको वडाध्यक्षमा कांग्रेसका तारामान राई, वडा नं ४ डम्बर्खुशिवालयको वडाअध्यक्षमा एमालेका विदुरमान राई, वडा नं ५ चिसापानीका वडाअध्यक्षमा कांग्रेसका धनबहादुर राई र वडा नं ६ दिप्लुङका वडाअध्यक्षमा कांग्रेसका सागर राई विजयी भएका छन् ।

तस्बिर सौजन्य: बद्री राई

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित