कांग्रेसका धर्मराज पोखरेलले उम्मेद्वारी फिर्ता गरे

  • प्रकाशित मितिः बैशाख १५, २०७९
  • 1235 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएका धर्मराज पोखरेलले उम्मेद्वारी फिर्ता गरको छन् । कांग्रेसको तर्फबाट दुई जनाको उम्मेद्वारी दर्ता भएपछि उनले फिर्ता लिएका हुन् ।
उनले बैशाख १४ गते आयोजित पत्रकार सम्मेलनमा फिर्ता गरेको घोषणा गरेका हुन् । कांग्रेसले महासमिति सदस्य धर्मराज पोखरेललाई प्रदेशले र जिल्ला उपसभापति तीर्थराज भट्टराईलाई केन्द्रले टिकट दिएपछि दुबै जनाको उम्मेद्वारी दर्ता भएको थियो ।
आफू आधिकारिक उम्मेद्वार भए पनि कांग्रेस जिताउ“न उम्मेद्वारी फिर्ता गरेको पोखरेलले बताए । १६ जना आकांक्षीमध्ये आफूले टिकट लिएको र केन्द्रको हस्तक्षेपले तीर्थराज भट्टराईले पनि त्यही पदका लागि टिकट लिएर उम्मेद्वारी दर्ता गरेपछि लामो समयसम्मको छलफलपछि आफूले फिर्ता लिएको पोखरेलले बताए ।
कांग्रेस प्रदेश सभापति उद्धव थापाको हस्ताक्षरको टिकट पाएपछि मनोनय गर्न बैशाख १२ गते तीन लाख रुपैया“ तिरेर मनाङ एअरको हेलिकोप्टरमा आएका पोखरेललाई आफ्नै कार्यकर्ताले हातपात समेत गरेका थिए । हातपातपछि प्रहरीको सहयोगमा कांग्रेस कार्यालयमा झण्डै दुई घण्टा बिताएका पोखरेल मनोनयन दर्ता गराउ“न जिल्ला अदालतस्थित मुख्य निर्वाचन कार्यालय पुग्दा तीर्थराज भट्टराईले उम्मेद्वारी दिइसकेका थिए ।
पोखरेलसंगै हलेसी तुवाचुङ नगरपालिकाको मेयर पदमा मनोनयन गर्न कांग्रेस प्रदेश सदस्य विमला राई पनि आएकी थिइन् । पोखरेललाई दिक्तेलमा छाडेर हेलिकोप्टर चढेर मनोनयन दर्ता गराउ“न दुर्छिमस्थित निर्वाचन कार्यालय पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित