दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा क–कसले उम्मेद्वारी दिए ?

  • प्रकाशित मितिः बैशाख १३, २०७९
  • 1026 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदमा सात जनाले उम्मेद्वारी दिएका छन् । यसमा नेकपा एमालेको तर्फबाट कुमारप्रसाद आचार्य, कांग्रेसको तर्फबाट तीर्थराज भट्टराई र धर्मराज पोखरेल, माओवादी केन्द्रको तर्फबाट दुर्गाजयन्ती राई, जनता समाजवादीको तर्फबाट सूर्यबहादुर राई, खम्बुवानको तर्फबाट सुवाश राई र स्वतन्त्रमा विकाश राईले उम्मेद्वारी दिएका छन् ।
उपप्रमुखमा एमालेको तर्फबाट विणादेवी राई, माओवादी केन्द्रको तर्फबाट विशन राई, नेकपा एकीकृत समाजवादीको तर्फबाट भागवत घिमिरे र राप्रपाको तर्फबाट चन्द्रकुमारी राईले उम्मेद्वारी दिएका छन् ।
कांग्रेसको तर्फबाट उम्मेद्वारी दर्ता गराएका भट्टराई र पोखरेलमध्ये को आधिकारिक भन्ने विषयमा छिट्टै छिनोफानो हुने मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित