प्रअ नियुक्त प्रक्रिया विरुद्ध अदालत जाने निर्णय

  • प्रकाशित मितिः चैत २५, २०७८
  • 1071 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २५–दिक्तेलस्थित सरस्वती माविका नवनियुक्त प्रअ छनौट प्रक्रिया विरुद्ध अदालत जाने निर्णय गरिएको छ । विद्यालय व्यवस्थापन समितिको चैत २५ गते बसेको बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संघीय ऐन विपरित प्रअ नियुक्त गरेको भन्दै त्यसको विरुद्ध अदालत जाने निर्णय गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद आचार्यले संघीय ऐन विपरित नगरपालिकाले शिक्षक केशरकुमार राईलाई प्रअ नियुक्त गरेको र उक्त प्रक्रिया गलत भएकाले त्यस्तो निर्णय गरिएको बताए । न्यायलयको फैसला नआइन्जेलसम्म निमित्त प्रअ ज्ञानबहादुर राईले नै प्रअको कामकाज गर्ने समेत निर्णय गरिएको आचार्यले सुनाए ।
नगर शिक्षा नियमावलीमा प्रअ हुनका लागि ‘सम्वन्धित विद्यालयमा पा“च वर्ष काम गरेको स्थायी शिक्षक हुनु पर्ने’लाई संशाधन गरी ‘पा“च वर्ष काम गरेको शिक्षक हुनु पर्ने’ भन्ने बनाएर विद्यालय विकास प्रस्ताव पेश गर्नेमध्येका तेश्रो बरियतामा रहेका शिक्षकलाई नियतबस प्रअमा नियुक्त गरेकाले त्यसको विरुद्ध न्यायलय जाने निर्णय गरिएको आचार्यले बताए । नगरपालिकाले नव नियुक्त राईलाई प्रअ नियुक्त गर्न विद्यालय व्यवस्थापन समितिले दिने अङ्क दिन पत्र पठाएको थियो । उक्त पत्रको जवाफमा विद्यालय व्यवस्थापन समितिले संघीय र नगर शिक्षा ऐन बाझिएको भन्दै अङ्क दिन इक्कार गरेपछि नगरपालिकाले विद्यालय व्यवस्थापन समितिलाई २४ घण्टे स्पष्टीकरण मागेको आचार्यले बताए । त्यसको जवाफमा फेरि संघीय र नगरशिक्षा ऐन बाझिएको भन्दै विद्यालय व्यवस्थापन समितिले अङ्क दिन नसक्ने पत्र पठाएपछि नगरपालिकाले सिधै प्रअ नियुक्ति गरेको आचार्यले सुनाए । नवनियुक्त राईलाई शिक्षकहरुहरुले चैत २४ गते अविर तथा खादा ओढाएर स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित