विकास कि विनाश ?

  • प्रकाशित मितिः कार्तिक १४, २०७५
  • 1232 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, कात्तिक १४–विभिन्न पालिकाहरुमा निर्माण गरिएका उपभोक्ता समितिहरुमध्ये धेरैजसो सडक निर्माणसम्वन्धी छन् । यसमा पनि अधिकांश उपभोक्ता समितिले एक्साभेटर प्रयोग गरेर सडक खन्ने भएका छन् । उक्त उपभोक्ता समितिहरुले वातावरणीय प्रभावलाई ध्यान नदिई सडक खन्ने छन् । 
गत आर्थिक वर्ष पनि जथाभावी ग्रेड नमिलाइएका सडक खनिएको थियो । यसले न सडक सञ्चालन भयो न गुणस्तर नै बन्यो । सडकको नामा छुट्टयाइएको रकम एक्साभेटर मालिकको आयआर्जनको मेसो मात्र बन्यो । त्यसबाहेक तेल, पार्टपुर्जामा खेर गयो । यसले स्थानीयस्तरका जनताको जीवनस्तर उक्सन त परै आजोस्, सीमान्तकृत समुदायको नामको बजेट पनि शिर्षक मिलाएर सडकमै खर्च भएको पाइयो ।
जनप्रतिनिधिहरुको चेतना अभावमा यस्तो भएको सर्वसाधारणले गुनासो गरेका छन् । सर्वसाधारणको भन्दा कम चेतना हुनु पक्कै पनि जनप्रतिनिधिहरुमाथि उठेका गम्भिर प्रश्नहरु हुन् । यसमा पनि कतिपय जनप्रतिनिधिहरुले बजेटमा लोभिएर एक्साभेटरै खरिद गरेकाले उदाङ्गिएका छन् । 
अघिल्लो वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ९८ दशमलव ५ किलोमिटर सडक ट्रयाक खोलेको थियो । यसबाहेक १५ वटै वडा गरी २९ दशमलव ६ किलोमिटर सडक चौडा गरेको थियो । हलेसी तुवाचुङ नगरपालिकाले एक सय १६ दशमलव १८ किलोमिटर सडकको नया“ ट्रयाक खोलेको थियो । खोटेहाङ गाउ“पालिकाले ९२ किलोमिटर सडक ट्रयाक खानेको थियो । त्यस्तै अन्य पालिकाहरुले पनि सडकलाई प्राथमिकतामा राखेर बजेट सकेको थियो । 
तर कतिपय ठाउ“हरुमा जथाभावी सडक खनिएकाले भूक्षय, वन विनास र खेतीयोग्य जमिन बिगार्नु भन्दा अन्य उपलब्धि नभएको खोटेहाङ गाउ“पालिका अध्यक्ष प्रदीप राई बताउ“छन् । यसबाहेक कतिपय ठाउ“मा पानीको मुहान सुकेका छन् । महत्वपूर्ण सम्पदाहरु नष्ट भएका छन् । यसबाट पाठ सिकेर यो वर्ष भने नया“ ट्रयाक नखोल्ने योजना बनाइएको अध्यक्ष राईले बताए । 
केपिलासगढी, रावाबेसी, ऐसेलुखर्क, साकेला, दिप्रुङचुइचुम्मा, जन्तेढुङ्गा र बराहापोखरी गाउ“पालिकामा पनि सडकमै रकम सकिएको छ । यी पालिकाहरुमा पनि नया“ ट्रयाक बन्द गरिने पालिका अध्यक्षहरुले बताएका छन् ।
यो वर्ष पनि कतिपय उपभोक्ता समितिले काम सुरु नै गरिसकेका छन् । कतिपयले सुरु गर्ने चरणमा छन् । बेलैमा काम थालेर बेलैमा सक्ने गरी योजना बनाइएको साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । उनका अनुसार केही उपभोक्ता समितिहरुले संझौता गरेर काम नै थालिसकेका छन् । करिब सात करोड ५५ लाख रुपैया“को बजेटको काम उपभोक्ता समितिले गर्ने खड्काले सुनाए । मङ्सिर १५ गतेभित्रमा सबै उपभोक्ता समितिहरुले संझौता गर्नु पर्ने पालिकाले निर्णय गरेपछि त्यही अनुसार काम सुरु भएको अध्यक्ष खड्काले बताए । 
केपिलासगढी गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईका अनुसार उपभोक्ता समितिहरुलाई अभिमुखीकरण तालिमपछि काम थालनीको तयारी गरिएको छ । उक्त पालिकामा करिब २४ करोड ५० लाख बजेटमध्ये १२ करोड निशर्त अनुदान अन्तरगत उपभोक्ता समितिलाई काम जिम्मा दिइएको राईले सुनाए ।
रावाबेसी गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाका अनुसार उपभोक्ता समिति गठनपछि लाई अभिमुखीकरण  २१ करोड २१ लाख ९५ हजारमध्ये करिब पा“च करोडको हाराहारिमा उपभोक्ता समितिले काम गर्ने छ । निरौलाका अनुसार कामको संझौता भइरहेको र कात्तिकभरिमा संझौता सकेर काम थाल्ने योजना बनाइएको छ ।
खोटेहाङ गाउ“पालिकामा पनि उपभोक्ता समिति गठन गरी अभिमुखीकरण तालिमपछि काम सुरुको तयारी भएको छ । उक्त पालिकामा कामलाई गुणस्तर दिन र अनियमितता रोक्न उपभोक्ता समिति कार्यविधि पारित गरी त्यसै अनुसार काम थालनी गर्ने तयारी गरिएको खोटेहाङ गाउ“पालिका अध्यक्ष राईले बताए । उनका अनुसार यो भन्दा अगाडि पेश्की  हुने व्यक्ति, शिक्षक, कर्मचारी, राजनीतिक दलका पदाधिकारी तथा एउटा उपभोक्ता समितिमा बसेको व्यक्ति अर्को उपभोक्ता समितिमा राखिएको छैन । यसले कामको गुणस्तर तथा अनुगमनमा सहज हुने  अध्यक्ष राईको विश्वास छ ।  दिप्रुङ चुइचुम्मा, ऐसेलुखर्क, जन्तेढुङ्गा, बराहापोखरी गाउ“पालिकाले पनि काम थाल्ने तयारी गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने उपभोक्ता समितिहरु गठन भइरहेको नगरपालिका प्रमुख दीपनारायण रिजालले बताए । उनका अनुसार जम्मा योजनाको करिब ८० प्रतिशत उपभोक्ता समितिले काम गर्ने छन् । यसमा योजना अनुसार एउटा उपभोक्ता समितिले करिब एक करोड रुपैया“सम्मको काम गर्ने छन् ।
हलेसी तुवाचचुङ नगरपालिकाले भने उपभोक्ता समिति गठन सकेर अभिमुखीकरण तालिम सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए । उनका अनुसार केही दिनपछि अभिमुखीकरण तालिम सकेर काम थाल्ने योजना बनाइएको छ । उपप्रमुख विमला राईको संयोजकत्वमा अनुगमन समितिको कार्यसम्पादनको आधारमा योजना फछ्र्यौट हुने राईले सुनाए । यसले कामको गुणस्तर हुने नगरपालिकाले अपेक्षा राखेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित