खोटाङको कुन पालिकामा कति मतदाता ?

  • प्रकाशित मितिः चैत १४, २०७८
  • 1840 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत १४–आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनमा खोटाङका एक लाख ४३ हजार सात सय ५२ जनाले मतदान गर्ने भएका छन् । स्थानीय निर्वाचनमा जिल्लाका ६८ हजार सात सय ४६ जना महिला र ७५ हजार ६ पुरुषले मतदान गर्ने भएका हुन् ।
निर्वाचन आयोगले चैत १३ गते मतदाताको नामावली टुङ्ग्याएको हो । यस अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८, हलेसी तुवाचुङ नगरपालिकामा २० हजार नौ सय २१ मतदाता छन् ।
त्यस्तै केपिलासगढी गाउ“पालिकामा १० हजार आठ सय ३८, ऐसेलुखर्क गाउ“पालिकामा ११ हजार चार सय ९५,रावाबेसी गाउ“पालिकामा नौ हजार छ सय १८, साकेला गाउ“पालिकामा आठ हजार पा“च सय ४८, खोटेहाङ गाउ“पालिकामा १५ हजार दुई सय ४५, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा १३ हजार चार सय ३१, बराहपोखरी गाउ“पालिकामा नौ हजार तीन ६४ र जन्तेढुङ्गा गाउ“पालिकामा १० हजार दुई सय १३ मतदाता छन् । यो चोटी कायम भएको जिल्लाभरका कुल मतदातामध्ये २०७४ को निर्वाचनको तुलनामा २८ हजार एक सय दश मतदाताले बढी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित