दिक्तेलमा ६१ हजार बढीको म्याद नाघेका उपभोग्य वस्तु बरामत (भिडिओ सहित)

  • प्रकाशित मितिः असोज 1, 2083
  • 54 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १–जिल्ला सदरमुकाम दिक्तेलमा बजार अनुगमन गर्दा ६१ हजार भन्दा बढीको म्याद नाघेको उपभोग्य वस्तु बरामद गरिएको छ । तीन दिनसम्म गरिएको बजार अनुगमनमा ६१ हजार ६ सय ६५ रूपैयाँ बराबरको म्याद नाघेको उपभोग्य वस्तु बरामद गरिएको हो ।
घरेल तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीका अनुसार भदौ ३० गते किरातचोकदेखि मानव अधिकार चोकसम्मका २४ वटा किराना पसल अनुगमन गर्दा २५ हजार ९ सय ८३ रूपैयाँ, भदौ ३१ गते मानव अधिकार चोकदेखि बैंक चोकसम्मका २४ वटा किराना पसलहरू अनुगमन गर्दा २६ हजार ५ सय ३० रूपैयाँ र असोज १ गते बैंकचोकदेखि हाटडाँडा हुदै अस्पताल चोकसम्मका १८ वटा किराना पसल अनुगमन गर्दा ९ हजार एक सय ५२ रूपैयाँ बराबरको म्याद नाघेको उपभोग्य वस्तु बरामद गरिएको हो ।
मिक्स जुस, करेन्ट खुर्सानी, विस्कुट, बिरेनुन, बेसारको धुलो, डिउ, स्प्राइट, थुक्पा, पापड, टमाटर सस, चोकोपन, बेसन पिठो लगायतका म्याद नाघेको उपभोग्य वस्तु बरामत गरिएको खत्रीले सुनाए । उक्त बरामत गरिएका सामान जिल्ला प्रशासन कार्यालय खोटाङको परिसरमा जलाएर नष्ट गरिएको छ ।
जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग विकास कार्यालय, प्रहरी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङ उद्योग वाणिज्य संघ लगायतको संयुक्त टोलीले अनुगमन गर्दा उक्त सामग्री बरामत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित