सविना अछामे–
खोटाङ, चैत १४–स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी तोकिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी दिइएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाका लागि जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायधिवक्ता संगीता न्यौपाने ढुङ्गेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
खोटेहाङ गाउ“पालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गेहेन्द्रराज रेग्मी, जन्तेढुंगा गाउ“पालिकामा महालेखा नियन्त्रक कार्यालय काठमाडौंका उपसचिव मानबहादुर मगर, बराहपोखरी गाउ“पालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश १ बिराटनगरका उपसचिव कोपिला राई, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भिर घिमिरे, साकेला गाउँपालिकाका लागि नेपाल कानून आयोगका उपसचिव राजन नेपाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।
त्यस्तै ऐसेलुखर्क गाउ“पालिकामा जिल्ला अदालत खोटाङका श्रेष्तेदार रामाकान्त यादव, केपिलासगढी गाउ“पालिकामा इलाका प्रशासन कार्यालय सा“खुका उपसचिव राजकुमार राई, रावाबेसी गाउ“पालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत लालबहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ । जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई २९ चैतदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित