नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १३–स्थानीय तह निर्वाचनका लागि खोटाङस्थित निर्वाचन कार्यालयमा दर्जन बढी दल दर्ता भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १३ दल दर्ता भएको हो ।
जिल्ला निर्वाचन कार्यालय खोटाङका अनुसार किरात खम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी, नेपाल मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली पार्टी र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो ।
निर्वाचन आयोगले आफ्नै निर्वाचन चिन्ह लिनका लागि तोकेको समयमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका १३ दलको जिल्ला स्तरको संगठनात्मक संरचना बारे विवरण प्राप्त भएको जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लेसपा)ले भने जिल्लामा विवरण बुझाउनु नपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा सहभागी हुने उम्मेद्वारलाई दलको निर्वाचन चिन्ह दिनका लागि राष्ट्रिय दल बाहेकका दललाई जिल्ला स्तरको संगठन संरचनाको विवरण ६ चैतभित्र पेस गर्न भनिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित