चुनाव जित्ने रणनीतिमा माओवादी

  • प्रकाशित मितिः चैत 10, 2078
  • 1332 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १०–आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा जित हात पार्न रणनीतिक योजना बनाउन नेकपा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चैत १० गते विस्तारित बैठक आयोजना गरेको छ । वर्तमान राज्य व्यवस्थाको पहिलो हकदार माओवादी भएकाले जसरी पनि चुनाव जित्नु पर्ने भन्दै रणनीतिक योजना बनाएर लक्ष्य हालिस गर्न विस्तारित बैठक आयोजना गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ । बैठकमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा खोटाङ–भोजपुर निर्वाचन कमाण्डर अजम्बर काङ्माङले प्रशिक्षण दिएको नेकपा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी इन्चार्ज विनोद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित