ऐसेलुखर्क गाउ“पालिकाले कर्मचारी प्रोत्साहन भत्तामा विभेद गरेको गुनासो

  • प्रकाशित मितिः चैत १०, २०७८
  • 1181 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १०–ऐसेलुखर्क गाउ“पालिकाले वितरण गरेको कर्मचारी प्रोत्साहन भत्तामा विभेद गरेको भन्दै कर्मचारीहरुले गुनासो गरेका छन् । उक्त पालिकामा कार्यरत कर्मचारीहरुलाई तीन नहमा वर्गीकरण गरेर प्रोत्साहन भत्ताको सुविधा दिएको भन्दै गुनासो गरेका हुन् ।
उक्त पालिकाले प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, लेखा प्रमुख पंकज आचार्य र योजना शाखा प्रमुख प्रदीप ढकाललाई सय प्रतिशत, रोजगार संयोजक किर्तिकुमार राई र कार्यालय सहयोगी राजनबाबु लयालुलाई ५० प्रतिशत तथा सामान्य प्रशासन शाखा प्रमुख नवराज खत्री, कृषि तथा पशु शाखा प्रमुख प्रमोदकुमार राजभण्डारी, स्वास्थ्य शाखा प्रमुख रामकाजी नेपाल, शिक्षा शाखा प्रमुख निरकुमार बस्नेत लगायतलाई ४० प्रतिशतका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको भन्दै गुनासो गरेका हुन् ।
एउटा कार्यालयमा बसेका कसैलाई धेरै, कसैलाई थोरै र कसैलाई दिदै नदिनुले न्यायोचित नभएको भन्दै गुनासो गरेका हुन् । गाउ“पालिका अध्यक्ष विश्वनाथ निरौलाले भने कामको आधारमा सुविधा दिइएको बताएका छन् । कसैलाई धेरै कसैलाई थोरै र कसैलाई दिदै नदिएको विषयमा चाहि“ आफूलाई थाहा नभएको निरौलाले बताए । ‘यो विषय मेरो टेबलसम्म आइपुगेको छैन, बाहिर–बाहिर हल्ला सुन्छु ।’ निरौलाले भने–‘यो विषयको निर्णय गर्ने निकाय गाउ“पालिका भएकाले सही ठाउ“मा आउ“नु पर्छ, बाहिर–बाहिर हल्ला फिजाएर केही पनि हुन्न ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित