निर्णायक पदमा निर्वाचित गराउन माग

  • प्रकाशित मितिः चैत्र ९, २०७८
  • 418 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत ९–जिल्लास्थित महिला जनप्रतिनिधिहरुले आउने स्थानीय तहको चुनावमा निणार्यक पद सुनिश्चित गर्न माग गरेका छन् । महिलालाई कार्यकारी पदमा प्रतिनिधित्व नगराई वर्तमान संविधानको सही कार्यान्वयन हुन नसक्ने भन्दै जिल्लास्थित राजनीतिक दललाई चैत ८ गते ज्ञापनपत्र समेत बुझाएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निर्वाचित महिला तथा दलित महिला जनप्रतिधिले जिल्लास्थित विभिन्न राजनीतिक दललाई ज्ञापन पत्र बुझाएका हुन् । कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई ज्ञापन–पत्र बुझाएका हुन् । आगामी बैशाख ३० गते हुने निर्वाचनमा गाउ“पालिका नगरपािलका प्रमुख र वडाध्यक्षमा महिला तथा दलित महिलालाई जिताउ“नु पर्ने माग गरेका हुन् ।
राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख पदमा पुरुषलाई मात्र मात्र अवसर दिएको र महिलालाई उपप्रमुख वा सदस्यमा मात्र उठाउने गरेकाले त्यसको अन्त्य गर्दै महिला र दलित महिलालाई निर्णायक पदमा सुनिश्चित गर्न माग गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्ककी महिला वडा सदस्य अनिषा खनालले बताइन् ।
उनीहरुले महिला तथा दलित महिला जनप्रतिनिधिहरुको राजनीतिक सहभागिता र नेतृत्व तहमा स्थापित गर्न दलका तर्फबाट पहल गर्न, निर्वाचित भएका महिलाको राजनीतिक क्षमता विकास गर्न सम्वन्धित पार्टीबाट क्षमता विकास गर्न, लैंगिक आधारमा जनप्रतिनिधिमाथि हुने हिंसा÷विभेद रोक्न, निर्वाचनमा सहभागी हु“दा महिला उम्मेदवारमाथि कुनै पनि किसिमको जातीय विभेद नहुने सुनिश्चतता गर्न समेत ध्यानाकर्षण गराएका छन् ।
निर्वाचित महिलाको आर्थिक विकासका लागि स्थानीय तहबाट विशेष कार्यक्रम ल्याउ“नु पर्ने, निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकासका लागि राज्यका तीनवटै तहको समन्वय र सहकार्यमा विशेष कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्नु पर्ने, महिलामैत्री नीति नियम कार्यान्वयन गर्नु पर्ने, स्थानीय सरकारबाट पर्याप्त मात्रामा बजेट बिनियोजन गरी महिला लक्षित कार्यक्रम लागु गर्नु पर्ने, संविधानले सुनिश्चित गरेका महिलाको हक अधिकार कार्यान्वयन गर्नु पर्ने लगायतका माग गरेको खनालले सुनाइन् ।
हलेसी तुवाचुङ नगरपालिकाका महिला तथा दलित महिला जनप्रतिनिधिले पनि चैत ५ गते दलका नगर समितिलाई ज्ञापनपत्र बुझाउ“दै निर्णायक पदमा महिलालाई अवसर दिनु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित