नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ७–प्रधानमन्त्री शेरबहादुर देउवाले चैत ७ गते साप्सुखोलाको पुल उद्घाटन गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउ“पालिका–१ याम्खा जोड्ने पुल उद्घाटन गरेका हुन् । पा“च करोड ६० लाख दश हजार पा“च सय ४५ रुपैया“को लागतमा सम्पन्न भएको हो । उक्त पुलको ठेक्का सूर्य एण्ड सन्स् प्रालिले लिएको हो । हेलिकोप्टरबाट पुल उद्घाटन गर्न आइपुगेका देउवाले एमसीसी नेपालको हितका लागि पास गरिएको बताए । देउवासंग खानेपानी मन्त्री उमाकान्त चौधरी, कांग्रेस नेता भीष्मराज आङदेम्बे लगायत उपस्थित थिए । यो पुल २०७८ साउन १८ गतेदेखि सञ्चालनमा आएको थियो । कार्यक्रममा खानेपानी मन्त्री चौधरी, कांग्रेस नेता आङदेम्बे, दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले बोलेका थिए । स्थानीय उद्यमी उद्धवकुमारी राईले प्रधानमन्त्री देउवालाई अल्लो कपडा चिनो स्वरुप दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे खोटाङ, चैत ६–प्रभु बैंक दिक्तेल शाखा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १–जिल्ला अस... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २८–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित