सविना अछामे–
खोटाङ, चैत ७–आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा खटिने म्यादीका लागि चैत ७ गतेसम्म ६ सय ४४ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङमा एक सय ६२ जना महिला र चार सय ८२ जना पुरुषले आवेदन दिएका हुन् ।
प्रहरी नायव उपरीक्षक उमेश लम्सालका अनुसार खोटाङमा ११ सय ४७ जना म्यादी प्रहरी भर्ना हुने छन् । म्यादी प्रहरीका लागि चैत ११ गतेसम्म आवेदन लिइने डिएस्पी लम्सालले बताए । म्यादीका लागि १८ वर्षदेखि ५४ वर्षसम्मकालाई भर्ना गरिने छ । म्यादी हुनेको अन्तिम नामावाली चैत २२ गते प्रकाशित हुने छ ।
छनँैट भएका म्यादीले मासिक ३० हजार दुई सय ४० रुपैया“ पाउने छन् । यसबाहेक खाद्यान्न, पोशाक, यातायात, बीमा लगायतको सुविधा पनि दिइएको छ । उनीहरुको छनौटपछि चैत २८ गतेदेखि तालिम दिइने डिएस्पी लम्सालले बताए । स्थानीय तहको चुनाव खोटाङका विभिन्न एक सय ९५ मतदान केन्द्रमा हुने छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १७–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–बालिकाला�... ... ...
दिनेश राई–खोटेहाङ, जेठ ८–खोटेहाङ गाउँपालिकाल�... ... ...
ममता राई–खोटाङ, जेठ ८–खोटेहाङ गाउँपालिका–५ च... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित