एमाले जिल्ला सल्लाहकार सदस्य हरि बुढाथोकी माओवादीमा प्रवेश

  • प्रकाशित मितिः चैत्र ६, २०७८
  • 839 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ६–हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका एमाले नेता हरि बुढाथोकी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चैत ६ गते राजापानीमा आयोजित भेलामा बुढाथोकी प्रवेश गरेका हुन् ।
एमाले जिल्ला सल्लाहकार सदस्य समेत रहेका बुढाथोकी सहित १४ जना प्रवेश गरेको नेकपा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्ष विशन राईले बताए । कार्यक्रममा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा प्रदेश १ खानेपानी, सिचाई तथा उर्जा मन्त्री रामकुमार राई ‘पासाङ’, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य समिता कार्की ‘अस्मिता’, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ लगायतका माओवादी नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित