नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ६–ऐसेलुखर्क गाउ“पालिकाको स्वास्थ्य चौकी भवन निर्माण गर्न चैत ६ गते खोलिएको ठेक्का सेटिङमा पारिएको भन्दै निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् । उक्त पालिकामा १५ शैयाको स्वास्थ्य चौकी भवन बनाउ“न खुलाइएको ठेक्कामा आर्थिक प्रलोभनमा सेटिङ गरेर श्याम सुन्दर तुवाचुङ जेबीलाई ठेक्का पारिएको भन्दै गुनासो गरेका हुन् ।
उक्त भवन निर्माणका लागि करिब १९ करोड ५० लाख रुपैया“को ठेक्का खुलाइएको थियो । उक्त ठेक्का सेटिङ गरेर पारिएको ऐसेलुखर्क गाउ“पालिका–४ ऐसेलुखर्कका निर्माण व्यवसायी लोकेन्द्र राजभण्डारीले बताए । सार्वजनिक खरिद नियमावली विपरित सेटिङ गरेर ठेक्का पारिएको राजभण्डारीको भनाई छ ।
सेटिङमा नीतिगत भ्रष्टाचार गरिएकाले सच्याउ“नका लागि फागुन २२ गते नै ऐसेलुखर्क गाउ“पालिका र सार्वजनिक खरिद नियमावलीको कार्यालय ताहाचलमा निवेदन दिए पनि नसच्याइएको निर्माण व्यवसायी भीषण राईले बताए । नीतिगत भ्रष्टाचार गरेर अनावश्यक आइटम राखेर सबै निर्माण व्यवसायीहरुलाई प्रतिष्पर्धा गर्नबाट बन्चित गराइएको राईको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले भने यो विषयमा विस्तृत अध्ययन हुने बताइन् । ‘धेरैले सेटिङ भनेकाले यसबारेमा अध्ययन हुन्छ ।’ यादवले भनिन्–‘यदी त्यस्तो ठहरिए ठेक्का रद्द हुन्छ ।’
निर्माण व्यवसायीहरुले सेटिङमा ठेक्का आह्वान गरिएको भन्दै चैत ४ गते अख्तियारमा समेत उजुरी दिएका छन् । उक्त ठेक्काका लागि माघ २७ गते आह्वान गरिएको थियो । एक महिनाको अवधि राखेर खुलाइएको ठेक्का फागुन २७ गते खुल्नु पर्ने भए पनि व्यवसायीहरुको मागको आधारमा चैत ४ गतेका लागि सारिएको थियो । त्यसपछि फेरि होली पर्व परेकाले चैत ६ गते खोलिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित