नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २–ऐसेलुखर्क गाउ“पालिका–२ बाकाचोलका वडाअध्यक्ष सन्तवीर तामाङले प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवमाथि दुव्र्यवहार गरेको खुलासा भएको छ । फागुन १६ गते दुव्र्यवहारपछि यादव कार्यालयमा उपस्थित नहुदा कामकाजमा समस्या आएको छ ।
केराबारी–कोलडाडा“ सडक खन्न वडाअध्यक्ष तामाङको एक्साभेटर प्रयोग गरिएको र उक्त एक्साभेटरले लिने रकमको बारेमा विवादपछि दुव्र्यवहार भएको हो । स्थानीय टंक रेग्मीको अध्यक्षतामा गठि उपभोक्ता समितिले वडाअध्यक्ष तामाङको एक्साभेटरलाई काम जिम्मा दिएको र उक्त एक्साभेर प्रयोग गरेवापतको विल बुझाउ“नु पर्नेमा मान्छेले काम गरेको डोर हाजिरा बुझाइएपछि विवाद भएको थियो । ‘मेसिनले काम गरेवापत भ्याट विल हुनु् पर्नेमा डोर हाजिरा बुझाउ“नु भयो ।’ यादवले भनिन्–‘यसरी मिल्दैन भन्दा मुख छाड्दै फोन भुइ“मा बजार्नु भयो, टेबल ठोक्नु भयो ।’
उक्त योजना चार लाख ३७ हजार रुपैया“को लागतको हो । यो योजनाको ७२ लाख दुई सय ६६ रुपैया“ बराबरको जमश्रमदान हुनु पर्नेमा मेसिनले सडक खनेपछि त्यसै अनुसारको भ्याट विल हुनु पर्ने प्रमुख प्रशासकीय अधिकृत यादवले अडान कसेकी थिइन् । भनेजस्तो नभएपछि तामाङले फागुन १६ गते दुव्र्यवहार गरेको एक कर्मचारीले बताए ।
यादवका अनुसार सुरुमा फागुन १४ गते योजना शाखा प्रमुख प्रदीप ढकाललाई पनि तामाङले दुव्र्यवहार गरेका थिए । त्यत्तिखेर उक्त योजनाको फाइल तथा कागजात समेत च्यातेका थिए । यो विषयमा समस्या आए पनि मिलाइएको गाउ“पालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित