बुवालुङ अनियमितता प्रकरण : अख्तियारले अनुसन्धान सुरु ग¥यो

  • प्रकाशित मितिः फागुन २९, २०७८
  • 1192 पटक पढिएको
  • संवादताता

यस विषयमा नगरप्रमुख दीपनारायण रिजालले राजनीतिक प्रतिशोधले उजुरी परेको हुन सक्ने र त्यसको विरुद्धमा चार सय भन्दा बढी नारा जुलुस सहित प्रशासनमा आएकोले त्यसले अनुसन्धानमै अप्ठेरो पारेको हुन सक्ने भन्दै घुमाउरो भाषामा बचाउ गरेका छन् ।

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित योजनाहरुमा अनियमितता भएको भन्दै अख्तियार आयोगले छानविन सुरु गरेको छ । वक्त वडाका विभिन्न विकासे योजनाहरुमा अनियमितता भएको भन्दै प्रशासन, अख्तियार लगायतमा उजुरी परेपछि अख्तियारले छानविन सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले फागुन २८ गते स्थलगत अनुगमन गरी फर्किएको छ । गृह मन्त्रालयले पनि जिल्ला प्रशासनलाई छानविन गरी त्यसको प्रतिवेदन बुझाउ“न निर्देशन गरेको थियो । जिल्ला प्रशासनले उक्त योजनाहरुको प्रारम्भिक अनुसन्धान गरी कैफियत भएको प्रतिवेदन गृह मन्त्रालय र अख्तियारमा पठाएको थियो ।
स्थानीयले जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, अख्तियार लगायतका विभिन्न ठाउ“मा समेत उजुरी परेको छ । उक्त वडाको खावाडाडा“स्थित एकीकृत वस्ती अनियमिततापछि अलपत्र परेको भन्दै छानविन र कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल समक्ष माघ ७ गते नै उजुरी परेको थियो ।
सुरक्षित नागरिक आवास र पूर्वाधार विकासबाट रकम निकासा गरिए अलपत्र परेको भन्दै उजुरी परेको भन्दै उजुरी थियो । उक्त ठाउ“मा सुरक्षित नागरिक आवास अन्तरगत बीस घर लाभग्राहीका लागि घर बनाउन सुरु गरिएको थियो । पहिलो किस्ताको ५० हजार र दोश्रो कित्ताको एक लाख ५० गरी प्रतिघर दुई लाख रकम बुझेको, पूर्वाधार विकासका लागि प्रतिघर तीन लाख रुपैया“को दरले रकम लिए पनि काम अलपत्र परेको भन्दै उजुरी परेको थियो ।
त्यस्तै उक्त वडाकै ऊवाबारीमा पनि एकीकृत वस्तीको नाममा सुरक्षित नागरिक आवासको घर पनि अलपत्र परेको छ । उक्त ठाउ“मा घर निर्माणको सुरुवातीको चरणमै अलपत्र परेको छ । यद्यपि पहिलो चरणको ५० हजार र दोश्रो चरणको एक लाख ५० हजार गरी दुई लाख रुपैया“का दरले निकासा लिइसकेको राईले बताए । उक्त ठाउ“मा वडाअध्यक्ष लिला चौहान लगायत २५ घरलाभग्राहीको घर निर्माणाधीन अवस्थामै अलपत्र परेको छ ।
कतिपयको सुरक्षित नागरिक आवासको घर सिस्ने हर्कटे सामुदायिक वनको जग्गामा निर्माण गरिएको राईले बताए । उक्त ठाउ“ अनकन्टार भएकाले वस्ती बस्न समस्या देखिएको प्रजिअ समक्ष उजुरी दिनु परेको स्थानीय शिक्षक प्रेम थापाले बताए ।
उक्त वडामै पर्ने मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको सडक निर्माण गुणस्तरहीन भएकाले माघ २ गते जिल्ला प्रशासन कार्यालयमै उजुरी परेको थियो । ६८ लाख संघीय सरकारको र वडाको दश लाख गरी ७८ लाख रुपैया“को लागतमा निर्माणाधीन सडकमा सोलिङ र डण्डी बिनै ढलान गरिएको भन्दै उजुरी परेको हो । स्थानीय हरिकुमार खत्रीको अध्यक्षतामा बनेको उपभोक्ता समितिले २०७८ असोज १८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासंग संझौता गरे पनि मध्यपहाडी लोकमार्ग निर्माणमा संलग्न रमण गोल्डेन जुड जेबी कम्पनी सम्बद्ध साङ्गे शेर्पाले काम गरेका हुन् ।
त्यसै गरी उक्त वडाकै अन्नपूर्ण माविको सिडी तथा पर्खाल निर्माणमा अनियमितता भएको भन्दै माघ ५ गते प्रशासनमा उजुरी परेको थियो । उक्त सिडी तथा पर्खाल रमण गोल्डेन जुड जेबी कम्पनी सम्बद्ध साङ्गे शेर्पाले निर्माण सामग्री उपलब्ध गराएको स्थानीय तथा उक्त विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेपी राईले बताए ।
उक्त विद्यालयको सिडी र पर्खाका लागि २० लाख १६ हजार भुक्तानी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए । यत्तिका रकम निकासा भए पनि कामदारलाई भने तीन लाख ५० हजार मात्र उपलब्ध गराएको स्थानीय तथा शिक्षक प्रेम थापाले बताए ।
उक्त वडाकै सिस्ने हर्कटे सामुदायिक वनमा पर्ने लप्सेखोलामा अवैध ढुङ्गा खानी सञ्चालन गरिएको भन्दै त्यसको विरुद्धमा पनि डिभिजन वन कार्यालय, अख्तियार आयोग र प्रशासनमा उजुरी परेको थियो । उक्त ववडामै कृषि अनुदानमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय उजुरी परेको थियो ।
उक्त कार्यक्रम अन्तरगत ट्रनेल खरिद, मल खरिद, विउविजन खरिद, बा“स गरिद र पा“च महिनाका लागि प्राविधिक तलव दिने गरी वडाकै दाजुभाइ कृषि फारमका संयोजक हरिकुमार खत्रीले नगरपालिकाबाट रकम निकासा गरे पनि कामै नगरी फरफारक भइसकेकाले छानविन गरी दोषीमाथि कारबाही गर्न वडासदस्य हरिबहादुर राई, स्थानीय गोपालसिं राई, कृष्णबहादुर बुढाथोकी र गजेन्द्र राईले उजुरी दिएका थिए ।
योजना सञ्चालन गर्ने हरिकुमार खत्रीले भने एक सय ट्रनेल खरिद गर्नु पर्नेमा मल खरिद, विउविजन खरिद र बा“स गरिद गर्नु पर्नेमा त्यसलाई कटाएर एक सय ४३ थान ट्रनेल खरिद गरेर वितरण गरेको बताए । प्राविधिक तलव वापतको एक लाख रुपैया“ नगरपालिकाले नै कटाएर दिएको खत्रीले सुनाए । बुवालुङको अनियमितताको विषयमा फागुन २९ गते दिक्तेलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन’ कार्यक्रममा स्थानीय कृष्णबहादुर बुढाथोकी र जेपी राईले कुरा उठाएका थिए । यस विषयमा नगरप्रमुख दीपनारायण रिजालले राजनीतिक प्रतिशोधले उजुरी परेको हुन सक्ने र त्यसको विरुद्धमा चार सय भन्दा बढी नारा जुलुस सहित प्रशासनमा आएकोले त्यसले अनुसन्धानमै अप्ठेरो पारेको हुन सक्ने भन्दै घुमाउरो भाषामा बचाउ गरेका छन् । ‘एक पक्षले उजुरी हाल्दै जाने, त्यसको विपक्षकाले चार सयको संख्यामा नारा जुलुस सहित प्रदर्शन गर्ने, यसले अनुसन्धानमै समस्या पारेको हुन सक्छ ।’ नगरप्रमुख रिजालले भने–‘राजनीतिक प्रतिशोधले विकास निर्माणमा अवरोध र उजुरी गरिएको हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित