वक्तित्वकलाको प्रथम पुरस्कार समिताले जितिन्

  • प्रकाशित मितिः फागुन 27, 2078
  • 1327 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन २७–नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा आयोजना गरेको वक्तित्वकलाको प्रथम पुरस्कार समिता पौडेलले जितेकी छन् । ‘प्रविधिमैत्री शिक्षा, आजको आवश्यकता’ भन्ने मुल नाराका साथ दिप्रुङ चुइचुम्मा गाउ“पालिका–२ डाडा“गाउ“को महेन्द्रोदय मावि ओख्रेमा फागुन २७ गते आयोजित वक्तित्वकलामा १७ जनालाई पछि पार्दै प्रथम पुरस्कार जितेकी हुन् ।

photo1
दिप्रुङ चुइचुम्मा गाउ“पालिकाभरिको नौ वटा माविका १७ सहभागी मध्ये महेन्द्रोदय मावि ओख्रेकी पौडेल प्रथम, महेन्द्रोदय मावि याम्खाकी प्रकृति घिमिरे दोश्रो, डाडा“खर्क माविका समीर खड्का तेश्रो र धिप्लुङ मावि छितापोखरीका सुसन राई सान्त्वना भएका छन् । प्रथम हुनेलाई तीन हजार नगद, डायरी, मेडल र प्रमाण पत्र, दोश्रो हुनेलाई दुई हजार नगद, डायरी, मेडल र प्रमाणपत्र, तेश्रो हुनेले एक हजार नगद, डायरी, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुनेले पा“च सय नगद, डायरी, मेडल र प्रमाणपत्र पाएका छन् । कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले पुरस्कार हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र दिप्रुङ चुइचुम्मा गाउ“पालिका इन्चार्ज अजम्बर राई, अध्यक्ष राजेन्द्र राई, सचिव दीपक पौडेल, नेकपा माओवादी केन्द्रका नेताहरु लगायत विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरुको उपस्थिति रहेको नेकपा माओवादी केन्द्र दिप्रुङ चुइचुम्मा गाउ“पालिका सदस्य तथा विद्यार्थी फ्याक्सन इन्चार्ज अरुण चाम्लिङले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित