अनेरास्ववियु क्रान्तिकारी सम्बद्ध विद्यार्थीद्वारा शिक्षकमाथि कालो मोसो र जुत्ताको माला

  • प्रकाशित मितिः फागुन २५, २०७८
  • 1327 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २५–नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी सम्बद्ध विद्यार्थीहरुले एक शिक्षकमाथि दुब्र्यवहार गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का विद्यार्थी संगठनमा सम्बद्ध विद्यार्थीहरुले खोटेहाङ गाउ“पालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईमाथि फागुन २५ गते दिउसो दुब्र्यवहार गरेका हुन् ।
नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउ“न जा“दा कक्षामै सुत्ने लगायतका आरोप लगाउ“दै कालो मोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् । शिक्षक राईलाई सुध्रन पटक–पटक चेतावनी दिदा पनि बेवास्ता गर्नुका साथै गाउ“पालिकाको शिक्षा शाखामा उजुरी गर्दा समेत उल्टै बचाउ गरिएकाले कारबाही गरिएको उनीहरुले बताएका छन् ।
प्रहरी नायव उपरीक्षक उमेश लम्सालका अनुसार रोक्सिङभञ्ज्याङस्थित शिक्षक राईको डेराबाट बाहिर निकालेर शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाएका हुन् । शिक्षक राई २१ दिनदेखि विद्यालय उपस्थित नभएको डिएस्पी लम्सालले बताए । कालो मोसो र जुत्ताको माला लगाउ“नमा संलग्न उक्त विद्यार्थी संगठन प्रदेश कमिटी सदस्य पावेल राई पक्राउ परेका छन् । उनी खोटाङ बजारस्थित भगवती दिनानाथ मावि कक्षा १२ अध्ययनरत विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित