धनकुमार मगरलाई वर्ष चर्चित उपाधि

  • प्रकाशित मितिः फागुन २५, २०७८
  • 860 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन २५–कोरोनाको बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका धनकुमार मगरलाई उनी अध्ययनरत विद्यालयले वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको छ ।
सरस्वती मावि अर्खौले कक्षा १० मा अध्ययनरत छात्र मगरलाई कोभिड–१९ को महामारीका समयमा विद्यालय बन्द हु“दा रुखमा टा“ड बनाएर भर्चुअल कक्षामा सहभागी भएकाले प्रोत्साहन स्वरुप उक्त विद्यालयको ६२ औैं वार्षिकोत्सवको अवसरमा वर्ष चर्चित विद्यार्थी–२०७८ को उपाधि प्रदान गरिएको हो ।
महामारीको बेला रुखमा डेरा बनाएर पढाइमा सहभागी भएर अन्य बालबालिकालाई समेत सिकाइप्रति अभिप्रेरित गरेकाले ‘वर्षोत्कृष्ट पपुलर एण्ड मोटिभेसनल’ विद्यार्थीका रुपमा पुरस्कृत गरिएको सरस्वती माविले जनाएको छ ।
गत साउनमा कोभिड महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए ।
तस्बिर ः सरस्वती माविको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित