अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नगरअध्यक्षमा धनशोभा राई निर्वाचित, ऐसेलुखर्कमा छिरिङलमु तामाङको संयोजकत्वमा आयोजक समिति

  • प्रकाशित मितिः फागुन २५, २०७८
  • 1140 पटक पढिएको
  • संवादताता

सविना अछामे––
खोटाङ, फागुन २५–अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अध्यक्षमा धनशोभा राई चयन भएकी छन् । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा फागुन २४ गते आयोजित प्रथम नगर सम्मेलनले ६३ सदस्यीय नगर समिति गठन गरिएको हो ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले उपाध्यक्षहरुमा कृष्णकुमारी परियार, टंकसरी राई र उषाकला राई, सचिवमा मनिषा परियार, सहसचिवमा टिका राई र कोषाध्यक्षमा देवीकला राई निर्वाचित भएका छन् ।

mahila photo
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता ध्रुब बुढाथोकी ‘धीरन’, प्रदेश कमिटी सदस्य तथा बराहापोखरी गाउ“पालिका इन्चार्ज निसाना राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका इन्चार्ज होमकाजी आचार्य ‘विनोद’, सहइन्चार्ज विकाश राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्ष विशन राई लगायतको सहभागिता थियो ।
ऐसेलुखर्क गाउ“पालिकामा पनि आयोजक समिति गठन
ऐसेलुखर्क गाउ“पालिकामा पनि अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को आयोजक समिति निर्माण भएको छ । छिरिङलमु तामाङको संयोजकत्वमा ३५ सदस्यीय आयोजक कमिटी निर्माण भएको हो । उक्त आयोजक कमिटीले आगामी चैत ९ गते गाउ“पालिका सम्मेलन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित