शहीदको सम्मानमा शहीद स्तम्भ पार्क निर्माण

  • प्रकाशित मितिः फाल्गुन २४, २०७८
  • 1168 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २४–जनयुद्धकालमा राज्यपक्षबाट मारिएका शहीदहरुको सम्मानमा साकेला गाउ“पालिका–३ खिदीमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको छ । दश वर्षे माओवादी जनयुद्धमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ जना शहीदको सम्मानमा पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरी शहीद सप्ताह समापनको अवसरमा फागुन २१ गते उद्घाटन समेत गरिएको छ ।
शहीद स्तम्भ पार्कमा खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा नेपाल प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका शहीद मनोज जोशीको समेत नाम समावेश गरिएको छ । तत्कालीन नेकपा माओवादीको जिल्ला समिति सदस्य शहीद श्रेष्ठलाई तत्कालीन नेपाली सेनाले २०५५ पुस–२७ गते उदयपुरको तावाश्रीमा लगेर गोली हानी हत्या गरेको थियो ।
कर्मचारी आन्दोलनका क्रममा २०४८ साउन १५ गते प्रहरीको गोली लागेर शहीद मनोज जोशीको ज्यान गएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसंग भएको सम्झौता पूरा नभएको विरोधमा कर्मचारीको शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी भएका जोशीको दिक्तेलस्थित हेलिप्याडमा ज्यान गएको थियो ।

3
प्रदेश सरकारको १५ लाख रुपैया“ बजेटबाट शहीद स्तम्भ पार्क र प्रवेशद्वारा निर्माण गरिएको साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । दश वर्षे जनयुद्धको समयमा माओवादीको सुरक्षित सेल्टर मानिने तावाभञ्ज्याङ नजिकै पा“चधारेमा २०६२ असार–८ गते माओवादी र नेपाली सेना बीच भिडन्त हु“दा माओवादीका कम्पनी कमाण्डर सर्वधन राई ‘अग्नि’ सहित दश जनाले ज्यान गुमाएका थिए । उक्त घटनामा नेपाली सेनाका १३ जना जवान समेत मारिएका थिए ।
माओवादी युद्ध भूमि मानिने तावाभञ्ज्याङमा निर्माण गरिएको शहीद स्तम्भ पार्कलाई बाह्रै महिना हराभरा बनाएर पर्यटकलाई आकर्षित गर्न पार्क वरिपरि व्यवसायिक रुपमा चिया बगान समेत लगाइएको छ । शहीद स्तम्भ पार्क निर्माणस्थलको दाया“÷बाया“ करिब दश रोपनी जग्गामा गत वर्ष नै आठ हजार चिया बिरुवा लगाइएको कृषि शाखा प्रमुख गणेश राईले बताए ।
पर्यटकीयस्थल तावाभञ्ज्याङ मुन्धुम ट्रेलको प्रवेशद्धार हो । खोटाङ र भोजपुर सिमानामा पर्यटकीयस्थल तावाभञ्ज्याङको पर्यटन प्रवद्र्धन गर्न साकेला गाउ“पालिकाको ३०, प्रदेश सरकारको ३५ र स्वीस सरकारको ३५ प्रतिशत बजेटबाट पदमार्ग निर्माण गरिएको हो ।

1
उक्त ठाउ“मा कृतिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत निर्माण गरिएको छ । समुन्द्री सतहदेखि करिब दुई हजार दुई सय मिटरको उचाईमा रहेको तावाभञ्ज्याङमा कृतिम ताल निर्माण गर्ने तयारीका साथ साकेला गाउ“पालिकाले डिपिआर तयार पारेको अध्यक्ष खड्काले बताए । उक्त तालका लागि करिब ५६ करोडको बजेट खर्च हुने छ । यसका लागि प्रदेश नं १ र साकेला गाउ“पालिकाको लगानी हुने खड्काले सुनाए । उक्त ताल छ सय ५० मिटर लम्बाई र पाच सय मिटर चौडाईको हुने छ ।
उक्त ताल निर्माण छिट्टै सुरु हुन खड्काको भनाई छ । ताल निर्माणपछि आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको छ । डुङ्गा सयर, पौडी र दृष्यावलोकन गराइने छ । यसबाहेक माछा तथा हाँस पालन समेत गरिने गाउ“पालिकाको लक्ष्य छ ।
प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको तावाभञ्ज्याङको प्रवद्र्धनले स्थानीय हर्षित छन् । उक्त ठाउ“मा घर निर्माण तथा होटल व्यवसाय समेत सुरु भएको छ । स्थानीयले होमस्टे समेत निर्माण गर्ने तयारी गरेका छन् । यो ठाउ“मा माघे सक्रान्ति, नया“ वर्ष, बैशाखे पूर्णीमा लगायतमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित