अनियमितताको आरोप लागेको माल्टे खानेपानी योजनाको अर्कै उपभोक्ता समिति गठन

  • प्रकाशित मितिः फागुन २३, २०७८
  • 960 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २३–अनियमितताको आरोप लगाउ“दै स्थानीयले विरोध जनाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित माल्टे खानेपानी योजनाको अर्कै उपभोक्ता समिति गठन गरिएको छ । उक्त खानेपानी आयोजनाको कामै नगरी फरफारक गरेको भन्दै प्रदेश खानेपानी इकाइ कार्यालय दिक्तेलमा फागुन २० गते स्थानीयले ज्ञापन बुझाएपछि फागुन २३ गते अर्को उपभोक्ता समिति गठन गरिएको हो ।
वडाअध्यक्ष ललितकुमार राई उपस्थित भेलाले राजेन्द्र पाण्डेको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिति गठन भएको हो । समितिको उपाध्यक्षमा बमबहादुर पाण्डे, सचिवमा प्रदीप राई, सहसचिवमा सुरेश पाण्डे र कोषाध्यक्षमा पुजन राई चयन भएका छन् । रुद्रकुमार राईको संयोजकत्वमा पाच सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ ।
उक्त योजनामा लक्षित उपभोक्ताहरुलाई निर्माण उपभोक्ता समितिमा नराखी अन्यत्रकालाई उपभोक्ता समितिमा राखेर सञ्चालन गरिएको योजनामा अनियमितता गरेको भन्दै ज्ञापन पत्र बुझाएका थिए । उक्त योजना अन्तरगत २०७७÷२०७८ मा पा“च लाख रुपैया“ कामै नगरी फरफारक गरेकाले आफूहरुले ज्ञापन बुझाएको र फागुन २३ गते खा“टी उपभोक्ता समिति गठन गरिएको स्थानीय युगसन किरातले बताए । उपभोक्तालाई थाहै नदिई अवैध रुपमा उपभोक्ता समिति गठन गरी योजनाको कामै नगरी फरफारक गरेकाले त्यसबारे फागुन २२ गते वडाअध्यक्ष ललितकुमार राई सहितको छलफलले अर्को उपभोक्ता समिति बनाउ“ने निष्कर्षमा पुगेको किरातले बताए ।
वडाअध्यक्ष राईले भने गत वर्ष असारमा बजेट आएको र उक्त बजेटबाट केही रकम सामान खरिद गर्न खानेपानी कार्यालयले नै कटाएको र केही रकम समितिको खातामा पठाएको बताए । खानेपानी कार्यालयले नै सामान खरिद गरिदिने भएकाले रकम कटाएर राखेको राईले बताउ“दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित