दूधकोसी जलविद्युत आयोजनाका लागि ओखलढुङ्गामा पनि जग्गा अधिग्रहणको प्रक्रिया बढाइयो

  • प्रकाशित मितिः फाल्गुन २३, २०७८
  • 1222 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन २३–दूधकोसी जलविद्युत आयोजनाका लागि ओखलढुङ्गातर्फको जग्गा प्राप्तिको प्रक्रिया बढाइएको छ । छ सय ६५ मेगावाट क्षमताको विद्युत उत्पादनका लागि ओखलढुङ्गातर्फको दुई हजार चार सय २१ कित्ता जग्गा प्राप्तिको प्रक्रिया बढाइएको हो ।
चिसङ्खुगढी गाउ“पालिकाका पा“च वडाका दुई हजार चार सय २१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुख–बिरुवा समेत स्थायी रुपमा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सूचना जारी गरेको हो ।
वडा नम्बर १ ‘साविक कुइभिर गाविसका एक हजार एक सय ४९, वडानम्बर २ (साविक पोखरे गाविसका दुई सय ५३ घरपरिवार, वडानम्बर ३ साविक दियाले गाविसको छ सय, वडानम्बर ६ साविक भदौरे गाविसको तीन सय ७१ र वडानम्बर ७ साविक माम्खा गाविसका ४८ घरपरिवारको नाममा रहेको जग्गा अधिग्रहण हुने भएको छ । यदी आफ्नो जग्गा प्राप्त गर्न नपर्ने भए १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिने सूचनामा उल्लेख छ ।
यो जलविद्युत आयोजनालाई ०७७÷०७८ को बजेटमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिएको छ । झण्डै दई खर्व लागत अनुमान गरिएका यो आयोजना निर्माणका लागि एसियाली विकास बैङ्क, युरोपली लगानी बैङ्क, एसीयाली पूर्वाधार लगानी बैङ्क र कोरियाली एक्जिम बैङ्कको संयुक्त लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित