यलम्बरको मुर्ति निर्माण पाच महिनादेखि अलपत्र
- प्रकाशित मितिः फागुन २३, २०७८
- 960 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गौरवको योजनामा राखेर सुरु गरेको यलम्बरको मुर्ति निर्माण अलपत्र परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर पार्कस्थित निर्माणाधीन यलम्बरको मुर्ति निर्माणमा कात्तिक पहिलो सातादेखि स्थानीयले अवरोध पु¥याएपछि अलपत्र परेको हो ।
स्थानीयको परम्परागत समाधिस्थल मासेर एक सय फिट अग्लो यलम्बरको कृतिम सालिक राख्न खोजिएको भन्दै स्थानीयले अवरोध ग¥याएपछि निर्माण अलपत्र परेको हो । उक्त योजना प्रदेश सरकारको ७० प्रतिशत र नगरको ३० प्रतिशत गरी दश करोड २६ लाख ९६ हजार ६ सय २९ रुपैया“को लागतमा निर्माण हुन लागेको हो । निर्माणको सुरु चरणमै स्थानीयले अवरोध पु¥याएपछि यलम्बरको मुर्ति बन्ने नबन्ने अन्यौल भएको छ ।
किराती संस्कृति अनुसार यो ठाउ“ ऐतिहासिक महत्वको भएकाले यसलाई संरक्षण गर्नुको साटो कृतिम यलम्बरको मुर्ति बनाउ“ने नाममा ध्वस्त पारिएकाले रोक्नु परेको स्थानीय डार्विन राईले बताए । ‘यलम्बरको कृतिम मुर्ति बनाउ“न हाम्रा पुर्खाहरुको समाधि ध्वस्त पारिएको छ ।’ राईले भने–‘हामी ऐतिहासिक महत्व बोकेको ठाउ“लाई ध्वस्त पार्न दिदैनौं ।’
राईको अनुसार यो ठाउ“ किराती संस्कृति अनुसार पित्रृ (खाली)मा जाने पुर्खाहरुको समाधिस्थल हो । ऐतिहासिक क्ष्ँेत्रलाई ध्वस्त पारिएकाले प्रदेश सरकार समक्ष समेत उजुरी हालेको राईले सुनाए । ‘हामीले नगरमा मात्र होइन प्रदेश सरकारसमक्ष पनि उजुरी हालेका छौं ।’ राईले भने–‘यत्ति गरिसकेपछि सम्वन्धित निकायले छिनोफानो गरिदिनु पर्छ ।’
यो ठाउ“ उक्त समाधिक्षेत्रका सरोकार राख्ने भूमिपुत्र समिति अध्यक्ष कबिन्द्र राई र सचिव मधुबर राईसंग नगरपालिकाले निर्माण गर्ने सहमती गरे पनि काम भने अझै बढ्न सकेको छैन । उक्त समाधिस्थलमा भएको चिहानहरुको संयुक्त आत्माघर बनाउ“ने, त्यहा“ भटिएका पुरातात्विक चिजहरुलाई संग्रहालयमा राख्ने, अर्को ठाउ“मा समाधिस्थल बनाउ“न जग्गा उपलब्ध गराउ“ने लगायतका नौ बुदे सहमती भएको थियो ।
उक्त निर्माण कम्पनीका ठेकेदार उमा तुवाचुङ अन्सुली जेभीले लिएको हो । त्यसो त उक्त कामको ठेक्कामा किर्ते कागजात पेश गरेर ठेक्का पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरी तामेलीमा राखिएको जानकारीपछि गत कात्तिक ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले शिलान्यास गरी काम थालिएको थियो ।
उक्त ठेक्का असार २२ गते ठेक्का स्वीकृत गरी असार २८ गते संझौता भएको हो । चैत २० गते सूचना जारीपछि नेसनल स्ट्रक्चर एन्ड इन्जिनियरिङ प्रालि जेभी, उभा तुवाचुङ अन्सुली जेजी, शाह ब्राइकल जेभी र टक्सार कालिका जेभीको टेन्डर परेको थियोर । यसमध्ये सेटिङ गरेर किर्ते कागजात पेस गरी उमा तुवाचुङ अन्सुली जेभीले फुल रेटमा ठेक्का पारेकाले अख्तियारमा उजुरी दिन बाध्य भएको निर्माण व्यवसायीले बताएका छन् । सूचनामा उल्लिखित मापदण्ड पु¥याउ“न किर्ते कागजात पेस गरेर ठेक्का पारिएको भन्दै उजुरी परेको थियो । उक्त ठेक्काको प्राविधिक प्रस्ताव बैशाख २० गते र आर्थिक प्रस्ताव असार १३ गते खोलिएको थियो । त्यसको आधारमा असार १५ गते सात दिनका लागि आशयको सूचना प्रकाशित भएको थियो ।
नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाल, लेखा अधिकृत राजकुमार राई, प्राविधिक शाखा प्रमुख इन्जिनियर शान्तिराम वाग्ले, खरिद इकाइ प्रमुख सीताराम खतिवडालगायतको बोलपत्र मुल्यांकन समितिले किर्ते कागजात पेस गर्ने कम्पनीलाई ठेक्का स्वीकृति गरेको आरोप लागेको थियो ।