नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित माल्टे खानेपानी आयोजनामा अनियमितता भएको भन्दै प्रदेश खानेपानी इकाइ कार्यालय दिक्तेलमा फागुन २० गते स्थानीयले ज्ञापन बुझाएका छन् । उक्त योजनाको कामै नगरी फरफारक गरेको भन्दै स्थानीयले ज्ञापन बुझाएका हुन् ।
स्थानीय नवराज पाण्डेले उक्त योजनामा लक्षित उपभोक्ताहरुलाई निर्माण उपभोक्ता समितिमा नराखी अन्यत्रकालाई उपभोक्ता समितिमा राखेर योजनामा अनियमितता गरेको बताए । उक्त योजना अन्तरगत २०७७/२०७८ मा पा“च लाख रुपैया“ कामै नगरी फरफारक गरेकाले आफूहरुले ज्ञापन बुझाएको पाण्डेले जनाए ।
उक्त योजना स्थानीय ५२ घर उपभोक्ताका लागि लक्षित गरिएको तर यसमध्ये कसैलाई पनि थाहा नदिई कामै नगरी योजना फरफारक गरी अनियमितता गरेकाले आफूहरुले प्रदेश खानेपानी इकाइ कार्यालयलाई ज्ञापन पत्र बुझाएको स्थानीय निरबहादुर राईले बताए ।
वडाअध्यक्ष ललितकुमार राईले भने गत वर्ष असारमा बजेट आएको र उक्त बजेटबाट केही रकम सामान खरिद गर्न खानेपानी कार्यालयले नै कटाएको र केही रकम समितिको खातामा पठाएको बताए । खानेपानी कार्यालयले नै सामान खरिद गरिदिने भएकाले रकम कटाएर राखेको राईले बताए ।
उक्त खानेपानी योजनाको काम टंक खतिवडाको अध्यक्षतामा बनेको उपभोक्ता समितिले काम गरिरहेको वडाअध्यक्ष राईलेबताए । चुप्ला, सामातुङ, थापागाउ“, सङ्खु, भडारे, कट्टी, दमैटोल लगायतका उपभोक्तालाई खानेपानी उपलब्ध गराउ“न खतिवडाको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरिएको राईको भनाई छ । यो वर्ष दश लाख रुपैया“को योजना सञ्चालन हुने राईले जनाए । उक्त योजनाको चार लाख रुपैया“ सामान खरिदका लागि कटाएर बा“की छ लाख रुपैया“ समितिलाई दिएको वडाअध्यक्ष राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित