योङ कम्युनिष्ट लिगको अध्यक्षमा भूपेन्द्र राई

  • प्रकाशित मितिः फाल्गुन १८, २०७८
  • 1085 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १८–योङ कम्युनिष्ट लिग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अध्यक्षमा भूपेन्द्र राई चयन भएका छन् । फागुन १८ गते दिक्तेलमा आयोजित प्रथम नगर सम्मेलनले राईको अध्यक्षतामा ६७ सदस्यीय कमिटी गठन गरेको हो ।
सम्मेलनले भलकाजी विश्वकर्मा, युवराज श्रेष्ठ र मनिका परियारलाई उपाध्यक्ष निर्विरोध निर्वाचित गरेको छ । सचिवमा लेखबहादुर रम्तेल, सहसचिवहरुमा एकराज श्रेष्ठ, भवप्रसाद आचार्य, रविन चाम्लिङ, रुपक परियार, भीम श्रेष्ठ र कोषाध्यक्षमा मेनुका श्रेष्ठ चयन भएका छन् । दुई महिला सहसचिव भने मनोनयन गर्न बा“की छ । सम्मेलनले इन्चार्जमा धनन्जय राई, सहइन्चार्जहरुमा बबिहाङ राई र रामकुमार राई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित