साकेला गाउपालिकाको सामाजिक सुरक्षाभत्ता अनियमितता बारे अख्तियारले छानविन बढायो

  • प्रकाशित मितिः फागुन १८, २०७८
  • 1297 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ फागुन १८– साकेला गाउ“पालिकामा सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा अख्तियारले छानविन सुरु गरेको छ । उसले साकेला गाउ“पालिका पुगेरै फागुन १७ गतेदेखि स्थलगत अध्ययन सुरु गरेको हो ।
मृत्यु भइसकेका, बसाई सरिसकेका र कतिपय हु“दै नभएका व्यक्तिको नाममा किर्ते कागज बनाएर सामाजिक सुरक्षा भत्ताको नाममा खर्च भएको पाइएको थियो । यसबाहेक कतिपय लाभग्राहीको एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना, एउटै जन्म मिति उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको पाइएपछि गाउ“पालिका आफैंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र लेखेको थियो । अख्तियारको टोलीले साकेला गाउ“पालिकाको वडा नं–४ मात्तिम र वडा नं–५ मानेभञ्ज्याङबाट स्थलगत अध्ययन गरी छानबिन थालेको गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए ।
आर्थिक वर्ष २०७६÷०७७ भित्र मात्रै पा“च वडामा ८७ लाख ४१ हजार छ सय रुपैया“ अनियमित भएको गाउ“पालिकाले प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसैको आधारमा २०७७ पुस १२ गते कारबाहीका लागि गाउ“पालिकाले तयार पारेको प्रतिवेदनका सहित अख्तियारको इटहरी कार्यालयमा पठाएको थियो ।
सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि त्यसको लगत्तै बैंकिङ प्रणाली मार्फत वितरण सुरु गरिएको अध्यक्ष खड्काले बताए । उनका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को दोश्रो चौमासिकदेखि ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम नेपाल एसबीआई बैंक साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइसकेको छ । बैंकिङ प्रणाली अपनाएपछि आर्थिक वर्ष २०७७÷०७८ को दोश्रो र तेश्रो चौमासिकमा ४६ लाख ७४ हजार सात सय ६६ रुपैया“ रकम बेरुजु खातामा फिर्ता गएको गाउ“पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित