राजनीतिक उपलब्धि संस्थागत गर्न पनि माओवादीले जित्नै पर्छ : टंक राई

  • प्रकाशित मितिः फाल्गुन १८, २०७८
  • 1306 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १८–नेकपा माओवादीका नेता टंक राईले वर्तमान राजनीतिक उपलब्धिलाई संस्थागत गर्न माओवादीले चुनाव जित्नु पर्ने बताएका छन् । फागुन १८ गते दिक्तेलमा आयोजित योङ कम्युनिष्ट लिग नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशनमा बोल्दै गणतन्त्र, संघीयता, समावेशी, लोकतन्त्र लगायतका उपलब्धि संस्थागत गर्न माओवादीले नै जित्नु पर्ने बताएका हुन् ।
जनताकी छोरी राष्ट्रपति बनाउ“ने, दलितकी छोरी सिडिओ बनाउ“ने, राईका छोरा हाकिम बनाउ“ने पार्टी माओवादी भएकाले यसलाई थप व्यवस्थित गर्न नेकपा माओवादी केन्द्रले नै चुनाव जित्नु पर्ने राईले बताए । माओवादीले जित्नका लागि योङ कम्युनिष्ट लिगको अहम् भूमिका हुने भएकाले यसका लागि युवाहरु दह«ो गरी लाग्नु पर्ने धारणा राखे । ‘जनताकी छोरी राष्ट्रपति भएको छ, दलितकी छोरी सिडिओ भाको छ, राईको छोरा हाकिम भएको छ ।’ राईले भने–‘माओवादी नभएको भए यो व्यवस्था आउ“ने थिएन ।’
मुलुक परिवर्तनको सम्वाहक पनि युव नै भएकाले युवाहरुलाई खासगरी महिलालाई अवसर दिनु पर्ने धारणा राखे । महिलाले प्रभावकारी ढंगले समाज परिवर्तन गर्न सक्ने भएकाले उनीहरुलाई अवसर दिनु पर्ने राईले बताए ।
एमसीसीको सन्दर्भमा वर्तमान अवस्थामा पार्टीले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको बताए । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले पारित गरे अनुसार यथास्थितिमा एमसीसी पारित नगर्ने नीति अवलम्बन गरेकाले व्याख्यात्मक प्रस्तावसहित अनुमोदन गरेकाले मुलुक संकटबाट जोगिएको बताए । माओवादीले एमसीसी पारित गर्न छाडेर सत्ता बाहिर निस्कदा पनि एमाले–कांग्रेसले जस्ताको–तस्तै पारित गर्ने र त्यसले मुलुकलाई झन ठूलो संकट नित्याउ“ने राईको भनाई छ । ‘एमसीसीकै कारण अमेरिका र चीनबीच भना–भनको अवस्था समेत आयो, यसले झण्डै युद्धको अवस्थासम्म पु¥यायो ।’ राईले भने–‘तर अब अमेरिकाले पनि व्याख्यात्मक प्रस्तावसहितको एमसीसी अनुमोदन स्वीकार गरी सकेकाले सहज भएको छ ।’
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज समिता कार्कीले युवाहरुलाई चुनावको बेला मात्र उपयोग गर्ने तर उनीहरुको रोजगार तथा अवसरका लागि पार्टीले ध्यान नदिनेजस्तो अवस्था देखिएकाले अब त्यस्तो हुन नहुने बताए । मुलुक परिवर्तनका लागि युवाहरुको महत्वपूर्ण भूमिका रहेको र उनीहरुलाई व्यवस्थापन गर्न पनि उत्तिकै महत्व हुने भएकाले यसप्रति पार्टीले ध्यान पूर्वक रुपमा लिएको बताइन् । नेकपा माओवादी केन्द्रकै केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले युवाहरुमा अध्ययनशीलता, इमानदारिता हुनु पर्ने धारणा राखिन् ।
वाइसीयल नेपालका केन्द्रीय सचिव तथा प्रदेश १ का इन्चार्ज एबीराज राई, वाइसीयल प्रदेश १ का संयोजक डम्बर पुलामी, प्रदेश नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष दीपक पाण्डे ‘आकाश’, नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका इन्चार्ज विनोद आचार्य, वाइसीयल नेपालकी केन्द्रीय सदस्य प्रवीणा राई, हलेसी तुवाचुङ नगरपालिका अध्यक्ष राजुविक्रम राई लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित