विद्यालयमा अनियमितता भएको भन्दै अख्तिारमा उजुरी

  • प्रकाशित मितिः फाल्गुन १८, २०७८
  • 792 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १८–बराहापोखरी गाउ“पालिका–५ पौवासेराको च्याङ्खुवास्थित पा“चकन्या माविमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । उक्त विद्यालय भवन निर्माण, शिक्षक नियुक्ति र विद्यालय व्यवस्थापन समिति निर्माण लगायतमा अनियमितता भएको भन्दै अख्तियार अनुसन्धान आयोग बर्दिबासमा उजुरी परेको हो ।
चार कोठे भवन निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेको स्थानीयले बताएका छन् । उनका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा तत्कालीन शिक्षा कार्यालयबाट विनियोजित ३६ लाख बजेटबाट विद्यालय भवनको सबै काम सकिनु पर्नेमा अपूरै भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक राईले बताए । उनका अनुसार उक्त बजेटबाट सकिनु पर्ने भवन नसकिएपछि बराहापोखरी गाउ“पालिका–५ पौवासेराले आठ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट प्लाष्टर र भ¥याङ छोप्ने ठलानको काम भइरहेको छ । झ्याल–ढोका, रेलिङ र रङ–रोगनका लागि भने अझै बजेट नपुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईले बताए ।
२०७६ सालमा तत्कालीन शिक्षा कार्यालयबाट छुट्टिएको बजेटबाट काम नसकिए पनि फछ्यौट भने भइसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईले जनाए । ‘कामै नसकी कसरी फछ्र्यौट भयो भनेर कुरा उठाउ“दा वडाअध्यक्ष फौदराज राईले कामको मुल्याङ्कनको आधारमा गरिएको भन्नु भयो ।’–राईले भने–‘म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनु भन्दा अगाडिकै कुरा भएकाले सबै विषयमा जानकार छैन ।’
उक्त भवन निरबहादुर खड्का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएको बेला निर्माण सुरु गरेको राईले बताए । त्यसपछि हरिकुमार राई र त्यो भन्दा पछि मात्र आफू अध्यक्ष भएको राईले जनाए । तै पनि प्रश्न उडिसकेपछि छलफल गरेर क्लियर हुने राईको भनाई छ । उक्त विद्यालयका लेखापाल दुर्गाबहादुर खड्काका अनुसार बराहापोखरी गाउ“पालिकाका इन्जिनियर बालेश्वर यादवको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले फछ्र्यौट गरेका हुन् ।
चार कोठे भवन निर्माणको काम शिक्षक सोमबहादुर खड्काले जिम्मा लिएर स्थानीय जीतबहादुर राईलाई ठेक्का दिएको राईले सुनाए । उनका अनुसार निर्माण सामग्री बाहेक आठ लाखमा सक्ने गरी ठेक्का दिएका हुन् । भवन निर्माणको काम गरेवापत पाउ“नु पर्ने एक लाख ८० हजार अझै पाउ“न नसकेको गुनासो समेत आएको राईले बताएका छन् । प्लाष्टर र भ¥याङ छोप्ने ठलानको काम पनि जीतबहादुर राईलाई नै दिइएको छ ।
उक्त विद्यालयका लागि खरिद गरिएको कम्प्युटर र फर्निचरमा पनि अनियमितता भएको उजुरीमा उल्लेख छ । छ लाख ५० हजार रुपैया“मा कम्प्युटर खरिदमा अनियमितता भएको उजुरी परेको छ । गाउ“पालिकाको बजेटबाट खरिद गरेको फर्निचर समेत गुणस्तरहीन भएको स्थानीयको भनाई छ । उनका अनुसार गाउ“पालिकाले फर्निचरका लागि तीन लाख रुपैया“ बजेट उपलब्ध गराएको थियो । यस विषयमा पनि अख्तियारमा उजुरी परेको छ ।
उक्त विद्यालयका प्रअ मोहनकुमार खड्काको नियुक्ति कात्तिक ९ गते भए पनि असोज १ गते बनाइएको उजुरी परेका छ । निमावि राहत पदका लागि २०६६ कात्तिक ३ गते सूचना जारी गरी कात्तिक ९ गते परीक्षा लिइएको र त्यसै आधारमा नियुक्ति हुनु पर्नेमा २०६६ असोज १ गतेको नियुक्ति बनाइएको खुलासा भएको छ । प्रअ खड्का राहत शिक्षक हुन् । दरबन्दीका अन्य शिक्षक भए पनि राहतलाई प्रअ बनाइएको स्थानीयको गुनासो छ । किर्ते गरेर कागजात बनाइएको बारेमा प्रअ खड्कालाई सोध्दा मिति गल्ती भएको तर सच्याई सकेको बताएका छन् ।
त्यस्तै उक्त विद्यालयकै लेखापाल दुर्गाबहादुर खड्काको नियुक्ति २०६८ बैशाख २० गते गरिए पनि किर्ते गरेर २०६७ बैशाख २० गते एक वर्ष बढाएर तलव खाएको एक शिक्षकले बताएका छन् । यसबाहेक विद्यालय क्षेत्रमा मादक पदार्थ बेचविखन गरिने भएकाले पठन–पाठनमा समस्या आएको ती शिक्षकको भनाई छ ।
उक्त विद्यालय व्यवस्थापन समिति निर्माणमा समेत अवैधानिक तरिकाले निर्माण गरिएको गुनासो छ । ‘कोरम नपुगी अवैधानिक ढङ्गले विद्यालय व्यवस्थापन समिति निर्माण गरिएको छ ।’ उलने भने–‘विद्यालयजस्तो पवित्र ठाउ“मा यस्तो बेकाम गर्नु मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित