चुनावतिर केन्द्रित हुदै खोटाङका राजनीतिक दल

  • प्रकाशित मितिः फाल्गुन १७, २०७८
  • 655 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १७–जिल्लास्थित राजनीतिक दलहरुले चुनावी तयारीमा जुटेका छन् । दलहरु संगठन निर्माण, भेटघाट तथा प्रशिक्षणमा जुटेका हुन् ।
एमालेले आफ्नो जित सुनिश्चित गर्ने रणनीतिक योजना बनाएर लाग्ने जनाएको छ । टोल कमिटी, वडा कमिटी, पालिका कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी लगायतको संरचना भएको संगठन विस्तार गरेको र त्यसै सांगठानिक संरचनाको बलले चुनाव जित्ने योजना बनाएर अघिल्लो स्थानीय चुनावभन्दा दुई वटा पालिकामा आफ्नो जित हुने एमाले पोलिटब्युरो सदस्य तथा प्रमुख सचेतक विशाल भट्टराईले बताए । उनका अनुसार बराहापोखरी गाउ“पालिका र ऐसेलुखर्क गाउ“पालिकामा चुनाव जित्ने लक्ष्य लिएको छ । उक्त दुबै बालिकामा अध्यक्ष कांग्रेसले र उपाध्यक्ष एमालेले जितेको थियो ।

uml
हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउ“पालिका र साकेला गाउ“पालिकामा पनि अरु कोही दलसंग चुनावी गठबन्धन हुन सक्ने भट्टराईले बताए । हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख–उपप्रमुख कांग्रेस र दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा पनि अध्यक्ष–उपाध्यक्ष कांग्रेसले नै जितेको थियो । साकेला गाउ“पालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसले जितेको थियो । यी तीनै वटा पालिकामा अवस्था हेरेर गठबन्धन हुन सक्ने भट्टराईले बताए । ‘संगठनमा मात्र होइन चुनावी रणनीतिमा पनि हामी अब्बलै छौं ।’ भट्टराईले भने–‘सबैको उम्मेद्वार तथा चुनावी रणनीति हेरेर चुनाव जित्ने गरी योजना बनाउ“छौं ।’
एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जन्तेढुङ्गा गाउ“पालिका, खोटेहाङ गाउ“पालिका, रावाबेसी गाउ“पालिकामा अरु दल मिल्दा पनि चुनाव जित्ने भट्टराईले दाबी गरे । उनले भने–‘पहिले जितेको ठाउ“मा मज्जाले जितिन्छ ।’ भट्टराईले भने–‘त्यो भन्दा अरु थप दुई वटा पालिका ऐसेलुखर्क र बराहापोखरीमा पनि एमाले एक्लैले चुनाव जित्छ ।’

congress
कांग्रेसले पनि जिल्लाका दशै पालिकामा चुनाव लक्षित अभिमुखीकरण कार्यक्रम गरेको छ । पालिकास्तरीय कार्यक्रममा पालिकाकै नेताहरु जुटेका छन् । अभिमुखीकरण कार्यक्रमको अनुगमनमा जिल्ला तथा प्रदेशस्तरका नेताहरु खटिएका छन् । जिल्ला सभापति विष्णुकुमार राई, पूर्व पर्यटनमन्त्री सर्वधन राई, पूर्व जिल्ला सभापति नरेशकुमार श्रेष्ठ लगायतका नेताहरु अनुगमनमा छन् । जिल्लाका दश पालिकामध्ये चार वटामा कांग्रेसले जितेको थियो । हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख–उपप्रमुख, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा अध्यक्ष–उपाध्यक्ष, ऐसेलुखर्क र बराहापोखरी गाउ“पालिकामा अध्यक्ष र साकेला गाउ“पालिकामा उपाध्यक्ष जितेको थियो ।
नेकपा माओवादी केन्द्रले पनि चुनावी तयारी थालेको छ । माओवादी केन्द्रका केन्द्रीय नेताहरु गाउ“ पसेका छन् । माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, माओवादी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समिता कार्की ‘अस्मिता’, केन्द्रीय सदस्य दुर्गाजयन्ती राई लगायतका नेताहरु दौडधुपमा छन् । चुनावी माहौल तयार गर्न संगठन निर्माण, कार्यकर्ता प्रशिक्षण लगायतका अभियान लिएर गाउ“ पसेका हुन् ।
सबै पालिकाहरुको तल्लो तहसम्म पार्टी केन्द्रले नै सर्कुलर जारी गरेर पार्टी निर्माणमा लागिएको नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा खोटाङ इन्चार्ज समिता कार्कीले बताइन् । ‘सुरु चरणमा पार्टी तथा जनवर्गीय संगठन निर्माण, प्रशिक्षण लगायतका गतिविधि सुरु गरिएको छ ।’ कार्कीले भनिन्–‘अब दोश्रो चरणमा चाहि“ चुनाव परिचालन कमिटी बनाएर पार्टीलाई चुनाव जिताउ“छौं ।’

mao
केन्द्रमा कांग्रेससंगको गठबन्धन भरासिलो नभएकै कारण जिल्लामा पनि त्यसको प्रभाव देखिएकाले नेकपा माओवादी केन्द्रले कांग्रेससंगको गठबन्धनमा त्यत्ति भर गरेको देखिदैन । उसले नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसंग चुनावी गठबन्धन गरेर जित हात पार्ने लक्ष्य लिएको देखिन्छ । नेकपा माओवादीले स्थानीय चुनावमा साकेला गाउ“पालिकामा मात्र चुनाव जितेको थियो ।
अन्य माओवादीको प्रभाव राम्रै भए पनि चुनावमा जित्न सक्ने सम्भावना नदेखिएपछि अन्यसंग गठबन्धन गर्नु पर्ने अवस्था आएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष दीपक पाण्डे बताए । माओवादीले साकेला गाउ“पालिकामा एक्लैले चुनाव जित्ने, दिक्तेल रुपाकोट मझुवागढी र हलेसी चुवाचुङ नगरपालिका तथा केपिलासगढी, दिप्रुङ चुइचुम्मा, ऐसेलुखर्क, खोटेहाङ, जन्तेढुङ्गा, बराहापोखरी, रावाबेसी गाउ“पालिकामा गठबन्धन गरेर चुनाव जित्ने योजना बनाएको पाण्डेले जनाए ।

yes
नेकपा एकीकृत समाजवादी पार्टीे पनि संगठन विस्तारमा जुटेको केन्द्रीय सदस्य कुलप्रसाद फुयालले बताए । आगामी चुनावमा आफ्नो पार्टी एक्लैले जित्न नसक्ने भएपछि अरु दलसंग मिलेर चुनाव लड्ने योजना रहेको फुयालले बताए । जनता समाजवादी पार्टी पनि संगठन विस्तारमा जुटेको छ । उसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसंग चुनावी गठबन्धन गर्ने देखिएको छ ।

janata

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित