नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज ३१–ज्यान मुद्दामा दोषी ठहरिएका फरार एक जना २९ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत खोटाङले २० वर्ष कैद फैसला सुनाएको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“का ६० वर्षीय चन्द्रबहादुर कार्की असोज ३० गते पक्राउ परेका हुन् । उनी लगायत चार जनाले २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेको र जिल्ला अदालत खोटाङले २०५७ जेठ १७ गते २० वर्ष जेल सजाय सुनाएको थियो । उनीसंगै ज्यान मार्न संलग्न नरबहादुर भुजेल र केशव कार्कीले जेल भुक्तान गरी छुटिसकेको प्रहरीले जनाएको छ । अर्का एक जना भने अझै फरार रहेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । चन्द्रबहादुर कार्की बर्माको सिमाना नजिक भारतमा गाई पालन गरेर बस्दै आएका थिए । दसैं मनाउ“न सुनसरीको रामधुनी नगरपालिका–७ प“चायन आएको बेला पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा राखिएको छ । दसैं बिदाले कार्यालयहरु बन्द भएको र खुलेपछि अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–मुन्दुम �... ... ...
तीर्थराज भट्टराई- काठमाडौंको व्यस्तता, मन्त्राल�... ... ...
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित