एमसीसीको विरोधमा गरेको आह्वानले शैक्षिक संस्था बन्द

  • प्रकाशित मितिः फागुन १६, २०७८
  • 1138 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १६–एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेको बन्दले खोटाङको शैक्षिक संस्थाहरुमा प्रभाव परेको छ । विभिन्न पार्टीहरुले गरेको बन्द आह्वानले फागुन १६ गते जिल्लास्थित सामुदायिक तथा निजी विद्यालयहरु बन्द भएको हो । अन्य क्षेत्रमा भने खासै प्रभावित भएन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, मोहन वैज्ञ नेतृत्वको नेपाल कम्युनिष्ट क्रान्तिकारी, चित्रबहादुर केसी नेतृत्वका राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित