बुवालुङ अनियमितता छानविन गर्न गठित समितिले प्रतिवेदन बुझायो

  • प्रकाशित मितिः फागुन १६, २०७८
  • 1436 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित विभिन्न योजनाहरुमा अनियमितता भएको भन्दै उजुरी परेपछि गठित छानविन समितिले फागुन १६ गते प्रतिवेदन बुझाएको छ । विभिन्न योजनाहरुमा अनियमितता भएको भन्दै उजुरी परेपछि सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको संयोजकत्वमा गठित छानविन समितिले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई प्रतिवेदन बुझाएको हो ।
बुवालुङमा सञ्चालित सडक, विद्यालय, वन, एकीकृत नमुनावस्ती, कृषि अनुदान लगायतका योजनाहरुमा वडाअध्यक्ष समेत अनियमिततामा संलग्न भएको भन्दै जिल्ला प्रशासन, वन डिभिजन, अख्तियार, गृहमन्त्रालय लगायत विभिन्न निकायमा उजुरीपछि गठित छानविन समितिले छानविन गर्दा उक्त योजनाहरु चित्त बुझ्दो नभएको प्रतिवेदनमा औल्याएको छ । छानविन समितिले पेश गरेको प्रतिवेदन अख्तियार र गृह मन्त्रालयमा पठाइने प्रजिअ दाहालले बताए ।

basti
उक्त वडाको खावाडाडा“स्थित एकीकृत वस्ती अनियमिततापछि अलपत्र परेको भन्दै छानविन र कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल समक्ष माघ ७ गते नै उजुरी परेको थियो । सुरक्षित नागरिक आवास र पूर्वाधार विकासबाट रकम निकासा गरिए अलपत्र परेको भन्दै उजुरी परेको थियो । उक्त योजना अन्तरगत बीस घर लाभग्राहीका लागि घर बनाउन सुरु गरिएको थियो । पहिलो किस्ताको ५० हजार र दोश्रो कित्ताको एक लाख ५० गरी प्रतिघर दुई लाख रकम बुझे पनि घर निर्माण भने अपूरै छ । यसबाहेक पूर्वाधार विकासका लागि प्रतिघर तीन लाख रुपैया“को दरले लिइएको भन्दै उजुरी परेको थियो ।
उक्त एकीकृत वस्तीमा मापदण्ड मिचेर वास्तविक लाभग्राहीको नभई पहु“चवाला व्यक्तिहरुले कब्जा जमाएको वडा सदस्य हरिबहादुर राईले बताए । हर्कबहादुर चौहान, मानबहादुर राउल, भक्तबहादुर चौहान, गोविन्दनारायण श्रेष्ठ, गोविन्दकुमार श्रेष्ठ लगायतको अर्को ठाउ“मा घर ह“ुदा–हु“दै एकीकृत वस्तीमा राखिएको राईको भनाई छ । उक्त ठाउ“मा घडेरी खार्ने, खानेपानी, टेवापर्खाल लगायतका लागि तीन लाखको दरले ६० लाख निकासा भएर पनि फर्फारक भइसकेको छ । यद्यपि टेवा पर्खालको काम भने अपूरै छ ।

uwabari
त्यस्तै उक्त वडाकै ऊवाबारीमा पनि एकीकृत वस्तीको नाममा सुरक्षित नागरिक आवासको घर पनि अलपत्र परेको छ । उक्त ठाउ“मा घर निर्माणको सुरुवातीको चरणमै अलपत्र परेको छ । यद्यपि पहिलो चरणको ५० हजार र दोश्रो चरणको एक लाख ५० हजार गरी दुई लाख रुपैया“का दरले निकासा लिइसकेको राईले बताए । उक्त ठाउ“मा वडाअध्यक्ष लिला चौहान लगायत २५ घरलाभग्राहीको घर निर्माणाधीन अवस्थामै अलपत्र परेको छ । कतिपयको सुरक्षित नागरिक आवासको घर सिस्ने हर्कटे सामुदायिक वनको जग्गामा निर्माण गरिएको राईको भनाई छ ।

Road

उक्त वडामै पर्ने मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको सडक निर्माण गुणस्तरहीन भएकाले माघ २ गते जिल्ला प्रशासन कार्यालयमै उजुरी थियो । स्थानीय जयप्रकाश राईका अनुसार ६८ लाख संघीय सरकारको र वडाको दश लाख गरी ७८ लाख रुपैया“को लागतमा निर्माणाधीन सडकमा सोलिङ र डण्डी बिनै ढलान गरिएको छ ।
स्थानीय हरिकुमार खत्रीको अध्यक्षतामा बनेको उपभोक्ता समितिले २०७८ असोज १८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासंग संझौता गरे पनि मध्यपहाडी लोकमार्ग निर्माणमा संलग्न रमण गोल्डेन गुड जेबी कम्पनी सम्बद्ध साङ्गे शेर्पाले काम गरेका हुन् । उक्त सडक उकालो र घुम्ती भएकाले छ इन्चको ढलानले मात्र भार बहन नथेग्ने स्थानीय चन्द्रबहादुर चौहानले बताए ।

school
त्यसै गरी उक्त वडाकै अन्नपूर्ण माविको सिडी तथा पर्खाल निर्माणमा अनियमितता भएको भन्दै यसबारेमा पनि माघ ५ गते प्रशासनमा उजुरी परेको थियो । स्थानीय विष्णुमाया“ थापालाई उपभोक्ता समितिका अध्यक्ष बनाएर गरिएको काम चित्त बुझ्दो नभएको भन्दै उक्त वडाका वडासदस्य राईले प्रजिअ दाहालसमक्ष उजुरी दिएका थिए । उक्त सिडी तथा पर्खाल रमण गोल्डेन गुड जेबी कम्पनी सम्बद्ध साङ्गे शेर्पाले निर्माण सामग्री उपलब्ध गराएको स्थानीय तथा उक्त विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेपी राईले बताए । उक्त विद्यालयको सिडी र पर्खाका लागि २० लाख १६ हजार भुक्तानी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए ।

dhungakhani
उक्त वडाकै सिस्ने हर्कटे सामुदायिक वनमा पर्ने लप्सेखोलामा अवैध ढुङ्गा खानी सञ्चालन गरिएको भन्दै त्यसको विरुद्धमा पनि डिभिजन वन कार्यालय, अख्तियार आयोग र प्रशासनमा उजुरी दिइएको स्थानीय कृष्ण बुढाथोकीले बताए । मध्यपहाडी लोकमार्ग निर्माणका लागि उक्त सामुदायिक वनमा अवैध ढुङ्गा खानी सञ्चालन गरिएको र त्यसले सामुदायिक वन क्षेत्रमा पहिरो जानुका साथै अन्य क्षति पु¥याएको भन्दै त्यसमा संलग्न साङ्गे शेर्पालाई छानविनपछि कारबाही गर्न माग गरिएको छ ।

ujuri
त्यस्तै उक्त वडामै सञ्चालित कृषि अनुदानमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा सुक्रबार उजुरी परेको छ । कृषि सुधार कार्यक्रम अन्तरगत विनियोजन गरिएको दश लाख रुपैया“ अनियमित भएको भन्दै उजुरी परेको थियो ।
उक्त कार्यक्रम अन्तरगत ट्रनेल खरिद, मल खरिद, विउविजन खरिद, बा“स गरिद र पा“च महिनाका लागि प्राविधिक तलव दिने गरी वडाकै दाजुभाइ कृषि फारमका संयोजक हरिकुमार खत्रीले नगरपालिकाबाट रकम निकासा गरे पनि कामै नगरी फरफारक भइसकेकाले छानविन गरी दोषीमाथि कारबाही गर्न उजुरी दिएका हुन् । उक्त वडाका वडासदस्य हरिबहादुर राई, स्थानीय गोपालसिं राई, कृष्णबहादुर बुढाथोकी र गजेन्द्र राईले उजुरी दिएका थिए ।
योजना सञ्चालन गर्ने हरिकुमार खत्रीले भने एक सय ट्रनेल खरिद गर्नु पर्नेमा मल खरिद, विउविजन खरिद र बा“स गरिद गर्नु पर्नेमा त्यसलाई कटाएर एक सय ४३ थान ट्रनेल खरिद गरेर वितरण गरेको बताएका छन् । प्राविधिक तलव वापतको एक लाख रुपैया“ नगरपालिकाले नै कटाएर दिएको खत्रीले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित