नमस्ते खोटाङ संवाददाता
खोटाङ, फागुन १५–प्रहरी बिटमा राखिएको मोटरसाइकल चोरी गर्ने पक्राउ परेका छन् । को १० प ८१८५ नम्बरको मोटर साइकल चोरी गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका २५ वर्षीय राजेश आचार्य फागुन १४ गते पक्राउ परेका हुन् ।
गत माघ २६ गते केपिलासगढी गाउ“पालिका–१ का नवधन राई दुर्घटनामा परेपछि उक्त मोटरसाइकल प्रहरी बिटमा छाडेका थिए । उक्त मोटरसाइकल फागुन ११ गते आचार्यले चोरी गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलको नम्बर, सिटकभर समेत परिवर्तन गरेर चलाएको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए । आचार्यले को १० प ८१८५ नम्बरलाई बा ५८ ब २४५८ बनाएर चलाएको अवस्थामा फागुन १४ गते दिउसो साडे एक बजेतिर फेला पारेको प्रहरीले जनाएको छ । उनलाई मोटरसाइकल चोरी मुद्दामा केस चलाइने प्रहरी निरीक्षक ठाकुरले जनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित