नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १४–कर्मचारी आन्दोलनमा लाग्दा जागिर खोसिएका चार जनालाई सम्मान गरिएको छ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङले आफ्नो ११ औं जिल्ला अधिवेशनको अवसर पारेर चार जनालाई सम्मान गरेको हो ।
२०४८ सालमा खोटाङमा भएको कर्मचारी आन्दोलनमा सहभागी हु“दा तत्कालीन सरकारद्वारा जागिर खोसिएका रामकाजी कार्की, चन्द्रप्रसाद आचार्य, रामविक्रम थापा र चित्रकुमार बजिमयलाई सम्मान गरेको हो । त्यत्तिखेर नेपाली कांग्रेस सत्तामा थियो ।
कांग्रेस सरकारले २०४८ साउन १५ गते नेपाल निजामती कर्मचारी संगठनले दिक्तेलमा सरकार बिरुद्ध निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी कर्मचारीलाई जागिरबाट हटाएको थियो । उक्त आन्दोलनमै प्रहरीले गोली चलाउ“दा मनोज जोशीको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित