कुकुरले टोकेर बृद्धाको ज्यान गयो

  • प्रकाशित मितिः फागुन १२, २०७८
  • 1143 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १२–कुकुरले टोकेर एक बृद्धाको ज्यान गएको छ । गत माघ ६ गते सामुदायिक कुकुरले टोकेर घाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ७८ वर्षीया बृद्धाको फागुन ६ गते मृत्यु भएको हो ।
सामुदायिक कुकुरले बृद्धालाई दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको करिब आठ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा रेविज विरुद्धको भ्याक्सिन लगाइए पनि बचाउ“न नसकिएको उक्त वडाका वडाअध्यक्ष दिनेश राईले बताए ।
रेविज विरुद्धको भ्याक्सिन पूरा गरे पनि टोकेको २२ दिनपछि घाउ दुख्न सुरु भएको र २८–२९ दिनदेखि घाउ भएको हात छल्न छाडेपछि काठमाडौंको टिचिङ अस्पताल पु¥याइएको थियो । टिचिङले टेकुमा रेफर गरे लगत्तै बिरामीको मृत्यु भएको हो । कुकुरले टोक्नासाथ लगाउ“नु पर्ने रेविज विरुद्धको खोप नपाउ“दा विरामीको ज्यान गएको चिकित्सकले बताएको वडाअध्यक्ष राईले बताए ।
रेविजले वृद्धाको ज्यान गएपछि उनको सम्पर्कमा रहेका २५ जनालाई रेविज विरुद्धको भ्याक्सिन दिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । मृतकका परिवार र नजिककाहरुलाई भ्याक्सिन दिइएको वडाअध्यक्ष राईले बताए । अन्य पनि मृतकको सम्पर्कमा भएको हुन सक्ने सम्भावना भएकाले त्रास फैलिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ झिसेपुमा पनि सामुदायिक कुकुरले टोकेर चौपाया मरेको स्थानीयको गुनासो भएपछि प्राविधिक खटाइएको नगरप्रमुख रिजालले बताए । झिसेपुस्थित दानबहादुर बस्नेतको गोरुलाई सामुदायिक कुकुरले टोकेको एक महिनापछि मरेको भन्ने गुनासो आएपछि प्राविधिक खटाइएको रिजालले सुनाए । रेविज नियन्त्रणका लागि नगरपालिकाले बेला–बेलामा कुकुरलाई रेविज विरुद्धको खोप र सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण समेत गरिरहेको नगरप्रमुख रिजालले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित