नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित निरौली आधारभूत विद्यालय(१–५)को दुई कोठे पक्की भवन सम्पन्नपछि उद्घाटन गरिएको छ । संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य दुर्गाजयन्ती राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले फागुन १२ गते संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको करिब २३ लाख ८९ हजारको लागताम दुई कोठे भवन र घेराबारा निर्माणपछि उद्घाटन गरिएको विद्यालयको प्रअ पवन राईले बताए । उनका अनुसार उक्त विद्यालयमा ९० जना विद्यार्थी अध्ययनरत छन् । तीन दरबन्दी, एक निजी, एक बालविकास र एक कार्यालय सहयोगी कार्यरत छन् । उक्त विद्यालय २०२७ सालमा स्थापना भएको हो ।
तस्बिर : नगरप्रमुख दीपनारायण रिजालको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित