नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ११–दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्मा विरुद्ध अभद्र व्यवहारको जाहेरी परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाअध्यक्ष लीला चौहान र नगरप्रमुख दीपनारायण रिजालका स्वकीय सचिव विकल्प किरातले विश्वकर्मा विरुद्ध फागुन ११ गते जाहेरी दिएका हुन् ।
विश्वकर्माले वडाअध्यक्ष चौहान र स्वकीय सचिव विकल्प किरातले आफूमाथि छुवाछु्भ तथा जातीय विभेद र कुटपिट गरेको भन्दै फागुन १० गते जाहेरी दिएको बताए । जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न आनाकानी गरेको विश्वकर्माको गुनासो छ । नगरप्रमुख रिजालकै होटल शुभदिनमा वडाअध्यक्ष चौहान र राईले फागुन ५ गते बेलुकी छुवाछुत तथा जातीय विभेद र कुटपिट गरेको विश्वकर्माको भनाई छ ।
प्रहरी नायव उपरीक्षक उमेश लम्सालले भने दुबै पक्षले जाहेरी दिएकाले अनुसन्धानपछि दर्ता गर्ने बताएका छन् । ‘दुबै पक्षले जाहेरी दिएका छन् ।’ डिएस्पी लम्सालले भने–‘अनुसन्धानपछि दर्ता हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–अरिङ्गा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ८ –जिल्ला प... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित